close

१०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

कात्तिक २४, २०७६ १६:५०

१०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउँदै सामसङ

स्मार्टफोन निर्माता कोरियन कम्पनी सामसङले आफ्नो आगामी स्मार्टफोन ग्यालेक्सी एस इलेभेनमा १०८ मेगापिक्सेलको क्यामेरा फिचर राख्ने भएको छ । कम्पनीले यो स्मार्टफोन सन् २०२० को सुरुवाति चरणमै सार्वजनिक गर्ने अनुमान छ ।

केही साता अघि मात्रै चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओामीले १०८ मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । सामसङले आगामी वर्ष सार्वजनिक गर्न लागेको स्मार्टफोनका केही तस्विर र फिचर अहिले नै लिक भएका छन् । सोही लिकको आधारमा सामसङले पहिलो पटक आफ्नो स्मार्टफोनमा १०८ मेगापिक्सेलको क्यामेरा राख्न लागेको दाबी गरिएको हो ।

सामसङले सार्वजनिक गर्न लागेको स्मार्टफोन १०८ मेगापिक्सेल क्यामेरा सेन्सर भएको पहिलो स्मार्टफोन नभए पनि अहिलेसम्म १०८ मेगापिक्सेल स्मार्टफोन क्यामेरा सेन्सर उत्पादन गर्नेमा भने सामसङ नै पहिलो कम्पनी हो । साओमीले आफ्नो एमआई नोट टेनमा सामसङको यही क्यामेरा प्रयोग गरेको हो ।

स्मार्टफोनमा शक्तिशाली क्यामेरा सेन्सर  प्रयोग हुन सुरु भएसँगै यसले स्मार्टफोनको उपयोगीतालाई थप बढाउने अनुमान गरिएको छ । सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस इलेभेनमा कम्पनीको सेभेनएनएम एक्सीनस ९९० प्रोसेसर प्रयोग हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०