close

मूख्य सहरमा यसरी भइरहेको छ टेलिकमको फोरजी सिम वितरण, साथमा २ सय एमबी बोनस

टेकपाना टेकपाना

कात्तिक २५, २०७६ ७:२०

मूख्य सहरमा यसरी भइरहेको छ टेलिकमको फोरजी सिम वितरण, साथमा २ सय एमबी बोनस

नेपाल टेलिकमले पूर्व मेची देखि पश्चिम महाकालीसम्म फोरजी सिम वितरण गर्नेगरी अभियान नै थालेको छ । सातै प्रदेशका प्रमुख शहरहरूमा कम्नीले सहुलियत दरमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नतीको अभियान चलाएको हो । 

कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण गर्नुका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । 

२४ गते आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण गरेको कम्पनीले आगामी कात्तिक २६ गते नेपालगन्जको रामलिला मैदानमा, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । कार्यक्रममा टुजी तथा थ्रीजी सिम भएका ग्राकहरूलाई २ सय एमबी डाटा बोनस सहित फोरजी सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

विशेष अभियान अन्तर्गत ग्राहकहरूले सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेस गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

टेलिकमले गृष्मा ब्रोडकास्टिङमार्फत सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत समेत  आफ्नो फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवर्द्धन गर्ने काम गरिरहेकाे छ ।

साँगितिक कार्यक्रमको प्रमुख आकर्षणको रुपमा राजेश हमाल रहेका छन् भने हास्य कलाकार जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् । कम्पनीले गत असोज १५ गते सातै प्रदेशका मूख्य सहरहरूमा एकसाथ फोरजी सेवा विस्तार गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०