close

एकै दिन ५० हजार बढीले किने दराजको सामान

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ ७:७

एकै दिन ५० हजार बढीले किने दराजको सामान

अनलाइन सपिङ साइट दराजले आफ्नो एक दिने सेलका क्रममा नेपालमा १ लाख ५० हजार भन्दा बढी सामान बिक्री भएको जनाएको छ । नेपालमा दोश्रो पटक ११.११ सेलका क्रममा पुरानो सबै रेकर्ड तोडिएको दराजको दाबी छ । 

यसपालीको ११.११ सेलमा दराजमो नेपालभरी २४ भन्दा बढी सहरहरु बाट अर्डर आएको बताइएको छ । त्यसक्रममा दराज एप र वेबसाइट मा साढे तीन लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो । गत वर्षको तुलनामा ७५ प्रतिशत बढी हो । यद्यपी कारोबार रकमको विषयमा भने दराजले कुनै जानकारी सार्वजनिक गरेको छैन । 

तीन हजारभन्दा बढी बिक्रेताबाट ५० हजारभन्दा भन्दा बढी उपभोक्ताले सामान खरीद गरेको बताइएको छ । यसपाली साओमी, सामसङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशर लगायतका ब्राण्डका सामान सबैभन्दा बढी बिक्री भएका छन् । जसका लागि सुरुवाती एक घण्टामा आठ हजारभन्दा बढी अर्डर प्राप्त भएको दराजले जानकारी दिएको छ । 

चिनियाँ अनलाइन साइट अलिबाबाले अधिग्रहण गरेपछि दराजले पहिलोपटक २५ कात्तिक २०७५ मा  नेपालमा पहिलो चोटी ११.११ सेल आयोजना गरेको थियो । अलिबाबाले विश्वभरबाट यसपाली को ११.११ मा ३८ अर्ब डलर अर्थात करीब ४४ खर्ब नेपाली रुपैयाँ बराबरको व्यापार गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०