close

महावीर पुनको आविष्कार केन्द्रले बनायो होमस्टे बुकिङ सिस्टम, तथ्यांक संकलन गर्न स्वयमसेवीको खोजी

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ ९:२८

महावीर पुनको आविष्कार केन्द्रले बनायो होमस्टे बुकिङ सिस्टम, तथ्यांक संकलन गर्न स्वयमसेवीको खोजी

समावसेवी महावीर पुनको अग्रसरतामा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले होमस्टे बुकिङ गर्ने प्रणाली विकास गरेको छ । ग्रामीण क्षेत्रमा रहेको होमस्टे अनलाइनबाटै बुकिङ गर्न मिल्ने प्रणालीकाे विकास गरिएको हो ।

आविष्कार केन्द्रका अध्यक्ष पुनले फेसबुकमा पोष्ट गर्दै यसको जानकारी गराएका हुन् । उनले पोष्टमा उक्त प्रणालीको लागि आवश्यक पर्ने तथ्यांक संकलन गर्न स्वयमसेवी आवश्यक परेको पनि उल्लेख गरेका छन् ।

काठमाडौं बाहिर विभिन्न जिल्लाको ठाउँठाउँमा गएर होमस्टे सम्बन्धी तथ्यांक संकलन गर्न स्वयमसेवी खोजी गरिएको हो । केन्द्रले स्वयमसेवीको खानेबस्ने, यातायात खर्च उपलब्ध गराउने पुनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०