close

वेबसाइट ‘स्लो’ छ ? अब गुगल क्रोमले नै पत्ता लगाउँछ

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ ११:२७

वेबसाइट ‘स्लो’ छ ? अब गुगल क्रोमले नै पत्ता लगाउँछ

गुगल क्रोमको नयाँ अपडेट प्रयोगकर्ताले पाउन थालेका छन् । क्रोमको ७७ अपडेटमा एउटा यस्ताे नयाँ फिचर पनि छ– कुनै वेबसाइट स्लो भए पत्ता लगाउने । क्रोम ब्राउजरका नयाँ अपडेट प्रयोग गर्ने प्रयोगकर्ताले यो अनुभव गर्न पाउँनेछन् ।

गुगलका अनुसार क्रोम ब्राउजरमा खोलिएका कुनै वेबसाइट खुल्न लाग्ने समयको विश्लेषण गर्दै यसले उक्त वेबसाइट स्लो भएको जानकारी दिनेछ । कुन कारणले वेबसाइट स्लो भएको हो भन्ने जानकारी दिनसक्ने गरी आगामी दिनमा अपडेट गरिने क्रोम टिमले आफ्नो ब्लगमार्फत सार्वजनिक गरेको हो । 

क्रोमको नयाँ अपडेट एन्ड्रोइड, लिनक्स, आइओएस र विन्डोज गरी चल्तीका सबै अपरेटिङ सिस्टममा उपलब्ध छ । नयाँ अपडेटमा ट्याबको थम्बनेललाई सुधारिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०