close

रियलभन्दा फेक दोब्बर ! फेसबुकले बन्द गर्‍यो ५ अर्ब ४० करोड फेक अकाउण्ट

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ ७:१७

रियलभन्दा फेक दोब्बर ! फेसबुकले बन्द गर्‍यो ५ अर्ब ४० करोड फेक अकाउण्ट

चर्चित सामाजिक सञ्जाल फेसबुकले यो वर्ष कुल ५ अर्ब ४० करोड फेक अकाउण्ट बन्द गरेको छ । फेसबुकले भर्खरैमात्रै सार्वजनकि गरेको ट्रान्स्परेन्सी रिर्पोटका अनुसार सन् २०१९ मा भारी मात्रामा फेक अकाउण्ट डिलेट गरिएको उल्लेख छ ।

फेसबुकका अनुसार विश्वभर रहेका मासिक शक्रीय प्रयोगकर्तामा समेत पाँच प्रतिशत फेक एकाण्ट रहेका छन् । फेसबुकको हाल दुई अर्ब ५० करोड मासिक शक्रीय प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये १२ करोड ५० लाख अकाउण्ड फेक देखिएका हुन् ।

धेरै समयदेखी एक्टिभ नरहेका, आफ्नो फोन अथवा इमेलमार्फत एकाण्ट प्रमाणीत नगरिएका लगायत अन्य विभिन्न अध्ययनका आधारमा फेसबुकले एक वर्षमा पाँच अर्ब ४० करोड अकाउण्ट हटाएको जनाएको छ । फेसबुकले हटाएका त्यस्ता अकाउन्टहरुमा लाखौंको संख्यामा विभन्नि क्रियाकलापलाई प्रोत्साहन गर्ने किसिमका रहेको बताइएको छ । त्यसमध्ये सबैभन्दा बढी बाल दुर्व्यवहार र आत्महत्याका विषयवस्तु रहेको जनाइएको छ ।

यसअघि फेसबुकले गत अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हटाइएका अकाउण्टको विषयमा प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस अवधिमा अवधिमा ३ अर्ब २० करोड फेक अकाउन्टहरु हटाएको जनाएको थियो । फेसबुकले चालेको यो कदमलाई सामजिक सञ्जालमा हुने विभन्नि अनैतिक क्रियाकलापलाई रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

‘यो एउटा महत्वपूर्ण कदम हो,’ फेसबुकले भनेको छ, ‘यसले राजनीतिक चुनावमा पार्ने असरलाई पनि राक्ने मद्दत गर्नेछ । साथै सामाजिक सञ्जालमार्फत हुने दुरव्यवहारलाई समेत यसले रोक्न मद्दत पुग्नेछ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०