close

ह्वाट्सएपमा यस्तो देखियो फेसबुकको ब्राण्ड लोगो

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १३:३२

ह्वाट्सएपमा यस्तो देखियो फेसबुकको ब्राण्ड लोगो

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमा फेसबुकको ब्राण्ड लोगो प्रयोग गरिएको छ । भर्खरैमात्र सार्वजनिक भएको ह्वाट्सएपको वेटा भर्जनमा फेसबुकको ब्राण्ड लोगो देखिएको हो ।

ह्वाट्सएपको फुटर अर्थात तल्लो भागमा फेसबुकको लोगो प्रयोग गरिएको छ । केही समय अघि फेसबुकले आफ्नो ब्राण्ड लोगो सार्वाजनिक गरेको थियो । ब्राण्ड लोगो सार्वजनिक गरेसँगै कम्पनीले त्यसलाई ह्वाट्एपमा प्रयोग गरेको हो । यसलाई विस्तारै इन्स्टाग्राममा पनि प्रयोग गर्ने उल्लेख छ ।

पहिलो चरणमा यो एन्ड्रोइड भर्जनमा मात्रै आएको छ । विस्तारै यसलाई आईओए भर्जनमा पनि ल्याउने जनाइएकाे छ । अर्कोतर्फ आईओएस भर्जनमा भने ह्वाट्सएपको ब्ल्याक भर्जन समेत टेष्ट भइरहेको छ । सार्वजनिक भएको फोटोहरूमा आईओएस प्रयोगकर्ताले एप्पलको ब्ल्याक भर्जन प्रयोग गरिहेको देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०