close

टेलिकमको ३ महिनाको नाफा ३ अर्ब २४ करोड, आम्दानी २५ करोडले घट्यो

टेकपाना टेकपाना

कात्तिक ३०, २०७६ ८:३७

टेलिकमको ३ महिनाको नाफा ३ अर्ब २४ करोड, आम्दानी २५ करोडले घट्यो

नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले शनिवार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आवको तीन महिनाको तुलनामा करिब २१ करोडले घटेको हो ।

अघिल्लो आवको असोजसम्म कम्पनीको खुद नाफा ३ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी पनि तुलनात्मक रुपमा घटेको छ । अघिल्लो बर्सको असोजसम्म १० अर्ब ८५ करोड रुपैया आम्दानी गरेको कम्पनीको समीक्षा अवधीमा आम्दानी करिब २५ करोडले घटेर १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले खर्चमा भने सुधार गरेको छ । तीन महिनासम्म कम्पनीको कुल खर्च ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो बर्षको तीन महिनासम्म ६ अर्ब २० करोड रुपैयाँ मात्र थियो ।

फेसबुक, म्यासेन्जर, भाइबर, ह्वाएपजस्ता ओभर दी टप(ओटीटी) सेवा प्रदायक र इन्टरकनेक्ट व्यवसायमा आएको गिरावटले नाफा घटेको कम्पनीले जनाएको छ । वित्तिय प्रतिवेदन अनुसार कम्पनीको खुद सम्पत्ती एक खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०