close

क्यान चुनावमा यस्तो छ पाण्डेको प्यानल

टेकपाना टेकपाना

कात्तिक ३०, २०७६ १६:४४

क्यान चुनावमा यस्तो छ पाण्डेको प्यानल

नेपालको सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो निजी संगठीत संस्थाको रुपमा रहेको कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघको निर्वाचनमा सुनैना घिमिरे पाण्डेय नेतृत्वकाे प्यानल सार्वजनिक भएको छ । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी पाण्डेको नेतृत्वमा मंगलबार ३४ सदस्यीय प्यानलले आगामी चुनावका लागि उम्मेदवारी घोषणा गरेको हो ।

क्यानको २६ औँ वार्षिक साधारणसभा नजिकिँदै छ । साधारण सभा आगामी ७ मंसीरमा हुँदैछ । त्यसमा पाण्डे र वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर नेतृत्वका दुई प्यानल आपसमा भिड्दैछ । कुँवर नेतृत्वको प्यानल यस अघि नै सार्वजनिक भइसकेको छ भने पाण्डे नेतृत्वको प्यानल शनिबार सार्वजनिक भएको हो ।

पाण्डेको प्यानलमा संस्थागत सदस्यतर्फ विश्वराम बलामी, अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार, बुद्धरत्न मानन्धर, सरिता सिंह कायस्थ, न्हुच्छे् महर्जन रहेका छन् । त्यस्तै व्यक्तिगततर्फ रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, इन्जिनियर गुणकेशरी प्रधान, डा श्रीधर मरासिनी, सुष्मा शर्मा, इन्जिनियर बसन्त लिङ्थेप र रुपेशभक्त श्रेष्ठ रहेका छन् ।

संस्थागत आजिवन सदस्यतर्फ बिक्रम सिंह, समिर प्रधान, अहमद खानले उम्मेदवारी घोषणा गरेका छन् भने हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमितत अग्रवालले व्यक्तिगत आजिवन सदस्य तर्फको उम्मेदवारका रुपमा अगाडि आएका छन् । जिल्ला शाखा सदस्यतर्फ ठाकुर श्रेष्ठ, भुपेन्द्र मैनाली, जितेन्द्र शाह, सरोज बाबु न्यौपाने, श्यामकल श्रेष्ठ, जयराम हुमागाई, जगनबहादुर गुरुङ, कृष्ण पौडेल, पूर्णदेश अधिकारी, खेमराज ढुंगाना, मनोहरकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा समिति सदस्यमा केशव प्रसाद भट्टराई, राजु कट्टेल र नारायण बञ्जारा क्षेत्रीले उम्मेदवारी दिनेछन् ।

उम्मेदवारी घोषणाका लागि पुरानो बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो कार्यकालमा क्यानको स्वरुप नै परिवर्तन गर्ने बताएकी छिन् । उनले क्यान हाल जुन अवस्थामा छ, त्यसबाट परिष्कृत भर्जनमा लैजाने प्रतिवद्धता जनाइन् । त्यसका लागि जिल्ला तहसम्म म्यानलाई स्मार्ट बनाउने योजना उनेले अगाडि सारेकी छिन् ।

त्यस्तै नेपालको सूचना प्रविधिको क्षेत्रको विकासकालागि आईटी बोर्डको आवश्यकता रहेकाे भन्दै उनले त्यसकाे स्थापनाको विषयलाई समेत आफ्नो एजेण्डाकाे रुपमा प्रस्तुत गरेकी छिन् । ‘हामी आगामी कार्यकालमा आईटी बोर्ड खडा गर्ने योजना बनाएका छौँ । आज हाम्रा केही कार्ययोजनाहरु काम गर्ने सिलसिलामा अप्ठ्यारोमा परेका छन्,’ उनले भनिन् ‘त्यसका लागि विधानमा संसोधन गर्ने हाम्रो सोचाइ छ । प्राज्ञिक र औद्योगिक क्षेत्रमा जति हामीलाई जनशक्ती आवश्यक छ, त्यो जनशक्ती उत्पादन भएता पनि उनीहरुमा एउटा अनुभवको ग्याप हामीले पाउँछौँ ।’

सूचना प्रविधिमा आवश्यक जनशक्तिको पुर्ती गर्नका लागि क्यानले शैक्षिक संस्था, ट्रेनिङ इन्स्टिच्युट विभिन्न संस्थाहरुसँग समन्वय गरेर एउटा फिनिसिङ स्कुलको भुमिका निर्वाह गर्ने योजना पनि उनले अगाडि सारेकी छिन् । त्यसका लागि आईटी जब पोर्टलको व्यवस्था महासंघले मिलाउने उनकाे भनाई छ । सरकारले तयार पारेको डिजिटल नेपाल फ्रेमवर्कको सपना साकार पार्न क्यान महासंघले मन्त्रालयसँग समन्वय गरी सक्रीय भुमिका निर्वाह गर्ने यो टिमको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०