close

फुडमारियोको ‘न्यानोखाना’ जसमा तपाईंको एक अर्डरले अरुको पनि पेट भरिन्छ

टेकपाना टेकपाना

मंसिर १, २०७६ १४:०

फुडमारियोको ‘न्यानोखाना’ जसमा तपाईंको एक अर्डरले अरुको पनि पेट भरिन्छ

खाना डेलिभर गर्ने फुडमारियोले शनिबारबाट ‘न्यानोखाना’ योजना सुरु गरेको छ । जसमा ग्राहकले फुडमारियोमार्फत खाना माग गर्दा एक जना अर्को मान्छेको पनि पेट भरिने भएको छ ।

यसको अर्थ तपाईंको एक अर्डरको मागमा फुडमारियोले एक भाग खाना एक जना असाहय व्यक्तिलाई प्रदान गर्ने भएको हो । फुडमारियोका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीका अनुसार यो योजना आउँदो बुधबारसम्म चल्नेछ । यसमा सहभागी हुन खाना अर्डर गर्दा ‘न्यानोखाना’ कोड प्रयोग गर्नुपर्नेछ ।

‘खाना अर्डर गर्दा ग्राहकले अर्डरकोड अर्थात डिस्काउण्ट कोड राख्ने ठाउँमा ‘न्यानोखाना’ प्रयोग गर्नुपर्नेछ,’ तिवारीले भने, ‘उक्त कोड प्रयोग गरेर खाना तथा खाजा मगाउँदा ग्राहकले पनि हरेक अर्डरमा ५० रुपैंयाको छुट पाउनेछन् ।’

त्यसको सुरुवात फुडमारियोलो शनिबारबाटै गरिसकेको छ । शनिबार कम्पनीले वृद्धवृद्धालाई पुरी, खीर र चना मसला सहितको सेट उपलब्ध गराएको थियो । उनीहरुलाई प्रदान गरिने खाना हरेक दिन परिवर्तन हुने तिवारी बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०