close

राजस्व विभागले ल्यायो करको सबै जानकारी लिन मिल्ने मोबाइल एप

टेकपाना टेकपाना

मंसिर १, २०७६ १९:२७

राजस्व विभागले ल्यायो करको सबै जानकारी लिन मिल्ने मोबाइल एप

आन्तरिक राजस्व विभागले अब सम्पुर्ण जानकारी मोबाइल एपमार्फत उपलब्ध गराउने भएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले आइतबारबाट परिकृत भर्जनको मोबाइल एप सार्वजनिक गरेको हो ।

विभागले यसअघि नै सञ्चालनमा ल्याएको ‘आईआरडी नेपाल’ नामक एपलाई परिकृत गरेको हो । यो एप एन्ड्रोइड र आईओएस दुबै एप स्टोरमा उपलब्ध छ। उक्त एपमार्फत करदाताले अनलाईन पेमेन्ट सिस्टम प्रयोग गरी कर तिर्न सक्नेछन् ।

त्यस्तै निश्चित अवधिमा आय कर र मूल्य अभिबृद्धि कर फिर्ताको अवस्था बारे जानकारी प्राप्त हुनेछ भने, कुन विषयमा कति कर फिर्ता भयो भन्ने जानकारी पनि एपमार्फ नै लिन सकिने छ । भौचर लगायतकाे जानकारी करदाताले आफ्नो लगईनमार्फत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै टीडीएसको सम्पूर्ण सूचना पनि एपमार्फत लिन सकिने छ । याे भने टीडीएस लगईनमार्फत हेर्नुपर्ने हुन्छ । भने, एपमार्फत कर्मचारीले एपमा दर्ता भएको रिपोर्ट संकलन गर्ने र दर्ता गर्न सक्नेछन् । प्यानका दर्ता विवरण, विभागले जारी गरेको सुचना, प्रकाशन, सम्पर्क नम्बर, ट्याक्स क्याल्कुलेटरका साथै अन्य जानकारी पनि एपमै उपलब्ध गराइएको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१