close

एनसेल विवादित बन्दा टेलिकमले पायो सम्मान

टेकपाना टेकपाना

मंसिर ४, २०७६ १४:३०

एनसेल विवादित बन्दा टेलिकमले पायो सम्मान

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ठूला करदाता कार्यलयबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीकाे रुपमा सम्मानित भएकाे छ । ठूला करदाता कार्यालयले टेलिकमलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।

यसअघि आन्तरिक राजस्व कार्यलयले विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने १५ करदाता कम्पनीलाई सम्मान गरेको थियो । त्यसमा ठुला करदाता कार्यालय अन्तरगतमात्रै १० कम्पनी सम्मानित भएका थिए । ११ औं नम्बरमा रहेको टेलिकमलाई कार्यलयको कार्यक्षेत्रबाट उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मानित गरिएको ठूला करदाता कार्यलयका प्रमुख कर प्रसाशक झलकराम अधिकारीले जानकारी दिए ।

‘यसअघि हामीले देशभरीका उत्कृष्ट १० ओटा कम्पनीलाई सम्मानका लागि पठाएका थियौं,’ उनले भने, ‘त्यस बाहेकको टेलिकमलाई हाम्रो कार्यक्षेत्र अन्तरगत उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको हो ।’ प्रत्येक कार्यलयले आफ्नो कार्यक्षेत्रभीत्र उत्कृष्ट करदातलाई सम्मान गर्ने प्रचलन छ । त्यसैका आधारमा सेवा क्षेत्रअन्तरगत टेलिकमले यो सम्मान प्राप्त गरेको हो ।

त्यसो त मोबाइल सेवा प्रदायक कम्पनी एनसेल पनि ठूला करदाता कार्यालयकै क्षेत्राअधिकार भित्रै पर्ने कम्पनी हो । तर सम्मानित हुने कम्पनी छनौटका क्रममा एनसेल भने समावेश हुन सकेन । अधिकारीले भने, ‘हामीले नियमित कर बुझाएको, विवरण बुझाएको, बाँकी बक्यौता नरहेको, बेरुझु नभएको हुनपर्ने भनी मापदण्ड तोकेका छौं ।’ यही मापदण्डका अधारमा एनसेल सम्मानित हुन नसकेको हो । यद्यपी गत वर्ष एनसेलले टेलिकमभन्दा बढी बुझाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१