close

एन्ड्रोइड ह्याक गर्नेलाई गुगलले १७ करोडसम्म पुरस्कार दिने

टेकपाना टेकपाना

मंसिर ६, २०७६ १३:२९

एन्ड्रोइड ह्याक गर्नेलाई गुगलले १७ करोडसम्म पुरस्कार दिने

जतिखेर गुगलले एन्ड्रोइडका लागि बग बाउन्टी कार्यक्रम सुरु गर्‍यो, त्यतिखेर संभावित जोखिम पत्ता लगाउने ह्याकरलाई अधिकतम ३८ हजार अमेरिकी डलरले पुरस्कृत गरिन्थ्यो । 

एन्ड्रोइडको प्रशिद्धिसँगै पुरस्कार राशी पनि बढ्दै गयो । बिहीबार मात्र गुगलले पुरस्कारको उच्चतम राशी  बढाएर १५ लाख अमेरिकी डलर पुर्‍याएको हो । यसको अर्थ गुगलले एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउने ह्याकरलाई १७ कराेड नेपाली रुपैयाँभन्दा बढीको पुरस्कार दिनेछ ।

यद्यपी गुगलले जुनसकुै बगका लागि १० लाख डलरभन्दा बढीको उक्त पुरस्कार भने दिने छैन । त्यसका लागि उसका विभिन्न शर्त भने पुरा गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१