Now Reading
पत्रिकामा नछापिएको एडोब रोजाइको त्यो फोटो

पत्रिकामा नछापिएको एडोब रोजाइको त्यो फोटो

आईतवार, मंसिर ८, २०७६ - 3:04 PM     |     टेकपाना

म सुरुमा ग्राफिक डिजाइनिङ एजेन्सीमा काम गर्थेँ । पढाई पनि त्यहि एडभरटाइजिंग एण्ड ग्राफिक डिजाइनिङकै थियो । त्यो विषयमा आधारभूत फोटोग्राफी पर्थ्यो । जे होस् एक सेमेस्टर जति फोटोग्राफी हुन्थ्यो । तर त्यति खेर मलाई फोटो खिच्नै आउँदैन थियो । अटो माेडमा राख्ने र फूलहरुको फोटो खिच्ने गर्थेँ । पछि चाहिँ पुर्ण रुपमा ग्राफिक डिजाइनिङ तिरै लगियो ।

यस्तैमा मेरो एक जना शिक्षकले एउटा विज्ञापन एजेन्सीमा काम गर्छौ त भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ र त्यहाँ गएर काम गर्न थालेँ । तर व्याक अफ द माइन्ड के थाहा भयो भने मेरो रुची भनेकै फोटो हो भन्ने लाग्यो । किनकि डिजाइनिङ चाहिँ अलि फ्रस्ट्रेटिङ नै  हुँदो रैछ ।

हुन त काम आफैमा एकदम राम्रो हो । तर मरो लागि होइन रहेछ । एकठाउँमै बसेर ल्यापटप अगाडि बसेर काम गर्न एकदमै गार्‍हो लाग्न थाल्यो । विज्ञापन एजेन्सीमा काम गर्दाखेरी कहिले काहिँ सानातिनो फोटो सुटको काम आउँथ्यो । 

यस्तैमा मेरो एक जना शिक्षकले एउटा विज्ञापन एजेन्सीमा काम गर्छौ त भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ र त्यहाँ गएर काम गर्न थालेँ । तर व्याक अफ द माइन्ड के थाहा भयो भने मेरो रुची भनेकै फोटो हो भन्ने लाग्यो । किनकि डिजाइनिङ चाहिँ अलि फ्रस्ट्रेटिङ नै  हुँदो रैछ ।

हुन त काम आफैमा एकदम राम्रो हो । तर मरो लागि चाहिँ होइन रहेछ । एकठाउँमै बसेर ल्यापटप अगाडि बसेर काम गर्न एकदमै गार्‍हो लाग्न थाल्यो । विज्ञापन एजेन्सीमा काम गर्दा कहिले काहिँ सानातिनो फोटो सुटको काम आउँथ्यो । 

कहिले काहिँ हाम्रो एजेन्सीमा एयरफोन, ब्लुटुथ सेटहरु फोटोको लागि आउँथे । यस्तैमा एउटा फोनको विज्ञापनको कुरा आयो । मैले मेरो हाकिमलाई म यसको फोटो खिच्छु भनेँ । त्यतिखेर डिजाइनिङ छोडेर भएपनि म फोटो खिच्न जान्थेँ ।

सानो प्रोडक्ट थियो, एउटा टेबुलमा सेतो कागजमा राखेर, मैले पहिलो पोटो खिचेको थिएँ । मिस्टेक गरेर खिचेको भन्दै मैले गाली खानुपर्‍यो । फेरी त्यही फोटो विज्ञापनमा छापियो । विज्ञापनमा मैले खिचेको फोटो एकदमै सानो आकारमा छापियो । मैले खिचेको फोटो आएछ भनेर एकदमै खुशी लाग्यो | यसरी फोटोग्राफीमा विस्तारै रुची बढ्दै गयो र सिक्दै गएँ ।

काठमाडौं पोष्टमा इन्टर्नशिप खुलेको थियो । त्यो त्यस्तै २०१३ तिरको कुरा थियो जस्तो लाग्छ । त्यत्रो ठूलो मिडिया हाउसमा काम गर्नु मेरा थियाे । तीन महिना इन्टर्न गरेपछि मलाई फोटो पत्रकारितामा बानी परिसकेको थियो ।

बिदा पनि नलिइकन हरेक दिन बाइक लिएर फोटो खिच्न दौडिन्थेँ । त्यसमा मलाई खुब रमाइलो लाग्थ्यो । इन्टर्न सकेपछि  मैले त्यहाँ काम गर्ने माैका भने पाइनँ । काम नपाउँदा मलाई एकदम दिक्क लाग्यो । दुई दिनभन्दा बढी क्यामेरा समातिएन भने बिरामी भए जस्तो हुन थाल्थ्यो ।

यस्तैमा भाग्यबस मैले द हिमालयन टाइम्समा खाली छ भन्ने थाहा पाएँ । अनि त्यहाँ जोडिएर आफ्नो काम देखाउन पाएँ । त्यहाँ मेरो अहिले पाँच वर्ष पुरा भयो । जे होस् अहिले पनि राम्रै भइरहेको छ । 

इन्टरनेटमा फाइभ हन्ड्रेड पीएक्स, नेशनल जियोगाफ्री, बिअन्स विभिन्न क्रियटिभ पोर्टलहरु छन् । यस्तो यस्तो प्ल्याटफर्ममा समय समयमा पोर्टफोलियोको लागि भए पनि फोटो अपलोड गरिरहन्थेँ । सायद एडोबले त्यतै कतैबाट यो फोटो फेला पारेको हुनुपर्छ । 

सुरुमा एडोबबाट इमेल आउँदा अचम्म लाग्यो । इमलेमा मैले खिचेको फोटो मागिएको थियो । साच्चै हो कि होइन अलमलमा परेँ ।  फेरि मैले हुन्छ भन्दै त्यसको रिप्लाई लेखेँ । इमेलमा सिसि गर्दा तीन जनालाई गयो र बल्ल वास्तविक हो भन्ने लाग्यो ।

यो यस्तै जुन-जुलाईको कुरा थियो । उनीहरुले अठार महिना सम्म फोटो प्रयोग गर्नेगरी सम्झौताका लागि आग्रह गरेका  थिए । मैले चाहिँ वेबसाइटमा सामान्यरुपमा आउँछ भन्ने ठानेको थिएँ । विस्तृत केही थाहा थिएन । तर पछि सार्वजनिक हुँदा यसरी सफ्टवेरको लोडिंगमै आउँछ भनेर मैले सोचेकै थिइनँ ।

पैसा पनि राम्रै थियो । १८ मिहनासम्म कपिराइट उनीहरुकै हुने र त्यसबापत मलाई चार हजार अमेरिकी डलर दिने कुरा गरेका थिए । त्यो मेरो लागि एउटा अवसरको कुरा पनि थियो । नाइ भन्ने कुरा पनि थिएन । अहिले सम्म मैले अरु कसैको फोटो यसरी प्रयोग भएको सुनेको पनि छैन ।

फोटो प्रयोग गर्नेगरी सम्झौता पनि भयो र त्यसको लगभग एक महिनामा पैसा पनि भुक्तानी दिए । मैले खिचेको फोटो भिडियो इडिटिङका लागि प्रशिद्ध सफ्टवेयर एडोब प्रिमियर प्रोको नयाँ भर्सनमा प्रयोग भएको छ । जुन यसै नोभेम्बरको ४ तारिखमा रिलिज भएको थियो । 

मेरो एक जना शिक्षकले प्रिमियर लोडिङ हुँदै गर्दाको फोटोसँगै ‘प्राउड अफ यु’ भन्दै म्यासेज पठाउनुभयो । मेरो फोटो कहाँ कुन रुपमा प्रयोग भएकाे भन्ने कुरा त्यसपछि मात्रै स्पष्टरुपमा थाहा पाएको हुँ । तर यो कुरा नोभेम्बर भन्दा अगाडिको थियो । प्रि रिलिज हुनुभन्दा अघिकै लिकको आधारमा उहाँले थाहा पाउनुभएको रहेछ । 

एउटा फोटोमा प्रिमियरको नामसँगै मैले खिचेको फोटो थियो । ल यस्तो पो रहेछ, यो त गज्जब नै भएछ भन्दै छक्क परेँ । त्यसपछि मैले सामाजिक सञ्जालमा ‘थ्यांक यु एडोब’ भन्दै सेयर गरेँ ।

तै पनि मलाई यो विषय त्यती ठूलो लागेको थिएन ।  तर पछि एकदमै धेरै बधाईको ओइरो नै आउन थाल्यो । फेसबुक, ट्वीटर र मोबाइलमा नचिनेका समेतले बधाई दिन थालेपछि यो त ठूलै पो रहेछ भन्ने लाग्यो । त्यो मैले कल्पना पनि नगरेको विषय थियो ।

See Also

यो सायद त्यही २०१६ तिरको फोटो हुनुपर्छ । नेपालमा हुने मेलामा यस्तो खेल पनि देखाइन्छ भन्न् थाहा थिएन । भक्तपुरको सल्लाघारी चौरमा हरेक वर्ष लाग्ने बिस्केट जात्रामा मौतका कुवा देखाइँदो रहेछ । यसै यसै त्यहाँ पुगेको थिएँ । मैले पहिलाे पटक यस्तो किसिमको फोटो खिचेकाे त्यही नै पहिलो थियो । मलाई यस्तो फोटोको आइडिया पनि थिएन । अनि त्यो मौतका कुवामा जाँदा निकै डर लाग्दो रहेछ । मान्छेहरु माथि बाट हेर्ने ।

पहिला त मैले माथिबाटै खिच्न थालेँ । त्यहाँ गाडी र मोटरसाइकल एकदमै स्पिडमा गुड्ने । माथिबाट खिच्दा कस्तो-कस्तो लाग्यो । बरु तलैबाट खिच्दा राम्रो हुन्छ कि भनि म तल जान खोजेँ । तर मलाई जान दिइएन । ‘इधर बहुत डेन्जर होता हे, मत आइए’ भने । तर यसो सोचेँ फोटोमा  माथि आकाशतर्फको कलर हुँदा राम्रो गज्जब हुन्छ । अनि मैले उनीहरुलाई भने ‘कुछ नही होगा भाइ, कुछ नै होगा ।’ अन्ततः उसले ‘ठिक हे’ भनेर सहमति जनायो ।

तल सुतेर क्यामेरालाई माथि पारेर  खिचेँ । एउटा चाहिँ माइकल ज्याक्सनको जस्तै पोज लाग्यो । स्टाइल पनि उस्तै । त्यहाँ मैले एकदमै एक्साइटेड भएर धेरै फोटो खिचेँ । फोटो म आफैलाई पनि राम्रो लागेको थियो । त्यसपछि म हरेक वर्ष त्यो मेलामा जान थालेँ । गएको जात्रामा पनि मैले त्यसैगरी फोटो खिचेको थिएँ । तर मलाई जहिले पनि त्यही पुरानै सिरिजको फोटो मन पर्थ्यो । त्यसमा कलर पनि एकदमै मिलेको छ । हुन त मलाई त्यो फोटो साधारण किसिमकै लागेको थियो । खिचेको पनि तीन वर्ष पुरा भइसक्यो । खै किन हो त्यतिखरे यो फोटो पत्रिकामा चाहिँ छापिएको थिएन । 

भिडियोग्राफर, फोटोग्राफर, फिल्ममेकर सबैले मलाई ‘दिस इज इन्सपाईरिङ्ग’ भनेर हौसला दिएका छन् ।  धेरेलाई चैहिँ नेपालमा पनि यस्तो हुँदो रैछ भन्ने लागेको छ । एउटा फोटोको कुरा गर्ने हो भने यो आफैमा एकदम ठूलो डिल हो ।

डिजिटल माध्यम नभएको भए सायद मैले आफ्नो काम यसरी बिकाउन सक्ने थिइनँ होला । पत्रिकामा काम गर्ने भएपछि जसले पत्रिका हेर्‍यो, त्यसले मात्रै थाहा पाउने कुरा हुन्छ । पत्रिका जसले पढ्यो, ए यस्तो फोटो आएछ भनेर चर्चा हुन्थ्यो । त्यस्तोमा आफुले खिचेका फोटोहरु नेगेटिभकाे रुपमा हार्डड्राइभमा आर्काइभको रुपमा सीमित हुन्थे होलान् ।  यस्तो डिजिटल माध्यम नभएकाे भए यसरी सेल्फ प्रमोट गर्नै मिल्दैन थियो । त्यही भएर सामाजिक सञ्जालहरुको प्रयोग प्लस प्वाइन्ट जस्तो लाग्छ । मलाई पनि त्यसको प्रयोग गरेर राम्रै गरेछु भन्ने लागिरहेको छ । 

हुन त मैले यस अघि पनि एकचोटी आफू भाग्यमानी भएको  महसुस गरेको छु । सन् २०१४/२०१५ तिरको कुरा हुनुपर्छ । त्यतिखेर मेरो करियर भर्खर-भर्खर सुरु भएको थियो। सेभ द चिल्ड्रेन युकेको इमेल आयो । त्यसमा भूकम्पबाट प्रभावित एउटा बालकसँग सम्बन्धित फोटो चाहियो भनिएको थियो । त्यतिखेर त मलाई केही आइडिया पनि थिएन । तर जे-जे छ मैले पठाइ दिएको थिएँ । 

त्यसबाट उनीहरुले तीन/चार ओटा फोटो छानेछन् । त्यसवापत उनिहरुले कुल मिलाएर साढे चार लाख रुपैयाँ जति मलाई दिएका थिए । त्यतिखेर त्यो मेरो लागि निकै ठूलाे कुरा थियो । साढे चार लाख भन्दा सुरुमा त म एकछिन आँत्तिएकै थिएँ ।  पछि त्यो पैसाले मैले क्यामेरा किनेँ । त्यसमध्येको एउटा फोटो चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले मलाई मेन्सन गरेरै सेयर गरेका थिए । त्यसको बाइलाइनमा मेरो नाम छ । त्यतिखेर पनि मलाई धेरै नचिन्ने मान्छेहरुले म्यासेज गरेर  बधाई दिएका थिए । मैले फोटोबाट अलि राम्रो पैसा पाएको त्यही नै पहिलो पटक थियो होला ।

एक वर्ष अघि पनि एडोबले मेरो फोटो किनिसकेको छ । तर त्यो फोटो के मा प्रयोग भयो अहिलेसम्म मलाई थाहा छैन । त्यतिखेर त्यस्तै चारओटा फोटो ७० हजारमा किनेको थियो । सायद त्यतिखेर एडोबको हेडक्वार्टरबाट नभएर सिंगापुर तिरबाट त्यो प्रस्ताव आएको हुनुपर्छ ।  

Facebook Comments
Scroll To Top