close

कर्मचारीले भेटे सञ्चारमन्त्री बास्कोटाको खप्की

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १३:४६

कर्मचारीले भेटे सञ्चारमन्त्री बास्कोटाको खप्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूलप्रसाद बास्कोटा उद्देश्यअनुरुप काम गर्न नसकेको भन्दै मातहतका कर्मचारी प्रति आक्रोशित देखिएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रथम चौमासिकमा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रगति समीक्षाका लागि आयोजित विकास समस्या समाधान समितिको आइतबार बसेको बैठकमा कर्मचारीले मन्त्री बास्कोटाको खप्की भेटेका हुन् ।

समितिको अध्यक्ष समेत रहेका मन्त्री बाँस्कोटाले बैठकमा सहभागि मातहतका निकायका प्रमुख तथा कर्मचारीहरुलाई चौमासिक अवधिमा कहाँ पुग्यौँ, कहाँ पुग्नुपर्थ्यो, आफ्नो कर्तव्य अनुसारको काम भयो भएन आफै मूल्याङन गर्न समेत निर्देशन दिएका छन् । ‘विकास आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्दा समस्या भए समयमै जानकारी गराउनुस्,’ मन्त्री बाँस्कोटाले निर्देशनका क्रममा भने, ‘पहिलो चौमासिकमा सम्पन्न हुन नसकेका र दोश्रो चौमासिकसम्म कार्यायोजनामा उल्लेख भएअनुसार सम्पुर्ण कार्यक्रमको कार्यान्वयन सम्पन्न गर्नुहोला ।’

वैठकमा मन्त्रालय, मन्त्रालय सम्बद्ध निकाय र अन्तरगतका नियकाहरुबाट सम्पादित कार्य, कार्य प्रगति र समग्र समस्याको विषयमा प्रस्तुतिकरण भएको थियो । मन्त्रालय र मातहतका नियकायकाे कार्यप्रगतिमा असन्तुष्ट देखिएका मन्त्री बाँस्कोटाले अब कार्यक्रमको प्रगतिलाई नै कार्यसम्पादन मूल्याङ्कनको रुपमा हेर्ने चेतावनी समेत दिएका थिए ।

जसमा राष्ट्रिय सूचना आयोग, प्रेस काउन्सिल नेपाल, हुलाक सेवा विभाग, सूचना तथा प्रशारण विभाग, मुद्रण विभाग, सूचना प्रविधि विभाग, प्रमाणीकरण नियन्त्रकको कार्यालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सुरक्षण मुद्रण विकास बोर्ड, राष्ट्रिय समाचार समिति, न्यूनतम पारिश्रमिक निर्धाण समितिका प्रमुख तथा उपल्लो तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१