close

फाइभजीमा फड्को मार्दै ओप्पो‌

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १५:२

फाइभजीमा फड्को मार्दै ओप्पो‌

नोवेम्बर १८ मा सीएनबीसीले चीनकाे क्वाङचोउमा आयोजना गरेकाे वार्षिक प्रविधि फोरम ईष्ट टेक वेष्टमा फाईभजीलाई भविष्यको बौद्धिक समाजको स्तम्भको रुपमा व्याख्या गरिएको छ । उक्त कार्यक्रममा ओप्पोका फाइभजी वैज्ञानिकका चिफ हेनरी ट्याङले फाईभजीको माध्यमबाट बहुमुखी तथा एकीकृत सम्पर्क कायम गर्न सकिने बताएका हुन् ।

सन् २०१८ देखिकाे यो अन्वेषणले ओप्पोका लागि थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो फाइभजी भिडियो कल डेमो गर्न सफल भएको दाबी गरिएको छ । त्यस्तै वल्र्ड मोवाइल कंग्रेस (एमडब्ल्यूसी) २०१९ मा समेत फाइभजी स्मार्ट फोन मार्फत विश्वमै पहिलो पटक वेइपो लाइभस्ट्रिम गर्न कम्पनी सफल भएको थियो ।

ओप्पोले हाल एक दर्जन भन्दा बढी देशहरुमा आफ्नो फाइभजी सेवालाई विस्तार गर्न सफल भएको छ । उसले विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई फाइभजी ह्याण्डसेट तथा सेवा उपलब्ध गराइरहेको छ । सन् २०१९को मे महिनामा ओप्पो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रुपमा ओपो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । यसै सँग ओपो रेनो फाइभजी यूरोपमा व्यवसायिकरुपमा उपलब्ध गरिएको पहिलो फाइभजी ह्याण्डसेट बन्न सफल भएको थियो ।

विश्वभर ठूलो परिमाणमा फाइभजी विस्तार गर्ने उद्देश्यका साथ ओप्पो र एरिक्सनले यही अक्टोबरमा संयुक्त फाइभजी ज्वाइण्ट ल्याब समेत स्थापना गरिसकेका छन् । साथै, सन् २०१९ को अन्त सम्ममा ओप्पाले क्वालकमद्वारा सञ्चालित पहिलो डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना समेत सार्वजनिक गरिसकेको छ । सन् २०१९ को अन्त्य सम्म आइपुग्दा उसले फाइभजीमा दुई हजार पाँच सय ग्लोबल प्याटेन्ट आफ्नो नामामा दर्ता गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१