close

चलचित्र छ माया छपक्कै अब डिसहोममा

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १४:४६

चलचित्र छ माया छपक्कै अब डिसहोममा

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै” अब डिशहोममा हेर्न सकिने भएको छ । स्याटेलाइट टेलिभिजन प्रशारक डसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा मंसिर १३ गते देखि उक्त चलचित्र प्रदर्शन हुने भएको हो ।

चलचित्रमा ख्याति प्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायत दर्जनौँ कलाकारहरकाे अभिनय रहेको छ । यस चलचित्रका निर्माता रोहित अधिकारी रहेका छन् भने दिपेन्द्र लामाले कथाकाे निर्देशन गरेका छन् । कात्तिक २४ गतेदेखि विभिन्न सहरका मूख्य हलहरुमा सार्वजनिक प्रर्दशनमा आएकाे चलचित्र छ माया छपक्कैले नेपाली सिनेमा बजारमा व्यापारको उच्च प्रतिफल हात पारिसकेको छ । ५१ औँ दिन मनाउने तयारीमा रहेको यो चलचित्र हलहरुको पहुँच नभएका स्थानका दर्शकहरुका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी डिसहोममा हेर्न मिल्नेछ ।

हरेक दिन आठ शो हेर्न पाईने डिसहोमको च्यानल सिनेमा घरमा चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा MOD टाइप गरी एक स्पेस दिएर सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाउनुपर्ने हुन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि चार सय २५ रुपैयाँ शूल्क लाग्ने डिसहोमले जनाएको छ । भर्खरै प्रर्दशनमा आएका दुई चलचित्रहरु ‘रातो टिका निधारमा’ र ‘पोइ पर्‍यो काले’ हाल यो च्यानलमा प्रशारण भइरहेकाे र उत्कृष्ट व्यापार समेत गर्न सफल भएकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१