close

के तपाईंलाई थाहा छ ? गुगल, एप्पल लगायत यी १४ कम्पनीमा जागिर खान प्रमाणपत्र चाहिन्न

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १५:०

के तपाईंलाई थाहा छ ? गुगल, एप्पल लगायत यी १४ कम्पनीमा जागिर खान प्रमाणपत्र चाहिन्न

यहाँ प्रश्न पढाई के का लागि भन्नेबाट सुरु हुन्छ ? सामान्यतया सबैले दिने जवाफ ‘जागीर खानको लागि’ नै हो । अहिले पढ्दा भविष्यमा राम्रो जागिर पाइन्छ भन्ने हामीमा एउटा छाप नै बसी सकेको छ । त्यस्तोमा पढाई र प्रमाणपत्र हैन अनुभवले राम्रो रोजगारी खान पाइन्छ भन्ने कल्पना बाहिरको विषय हुने नै भयो ।

तर, प्रविधि क्षेत्रबाट विश्व हल्लाएका कम्पनीहरुले नै अब रोजगारीको लागि प्रमाणपत्र नभएर अनुभव खोजिरहेका छन् । उनिहरुको प्राथामिकता अनुभवमा छ । रोजगारी खोज्ने साइट ‘ग्लासडोर’ ले केहि दिनअघि प्रमाणपत्र नएर अनुभवका आधारमा रोजगारी दिने ठुला कम्पनीको नाम लिस्ट नै सार्वजनिक गरेको छ ।

ग्लासडोरले सार्वजनिक गरेको उक्त लिस्टमा गुगल, एप्पल र आईबीएम जस्ता ठूला आईटी कम्पनीहरु रहेका छन् । उनिहरुले नयाँ भर्ना हुने कर्मचारीको प्रमाणपत्र नभएर अनुभव माग गरेका छन् । सन् २०१७ मा आईबीएम कम्पनीका ट्यालेन्ट अफ भाइस पेसिडन्टले जोआना ड्यलेले कम्पनीको १५ प्रतिशत कर्मचारीसँग चार वर्षे डिग्री नभएको बताएकी थिइन् ।

‘हामी कसले कति पढेको छ हेर्दैनौ,’ उनले भनिन, ‘आईबीएम अहिले जोसँग हातमा सीप छ, उसलाई प्राथमिकता दिइरहेको छ ।’ आइबीएम जस्तै गुगलपनि कर्मचारीको अनुभवलाई नै जोड दिइरहेको छ । गुगलले हाल प्रडक्ट म्यानेजर, सफ्टवेयर इन्जिनियर, प्रडक्ट मार्केटिङ म्यानेजर लगायत पदमा कर्मचारी खोजिरहेको छ । तर त्यसका लागि प्रमाणपत्र जरुरी नभएकाे गुगलले स्पष्ट पारेको छ ।

गुगलका साथै यो लिस्टमा पेंगुइन र्‍यान्डम हाउस, कोष्टको होलसेल, होलफुड, हिलटन, पवलिक्स, एप्पल समेत रहेका छन् । त्यस्तै स्टारबक्स, नोर्डस्ट्रोम, होम डिपोट, आइबीएम, बैंक अफ अमेरिका, चिपोटल, लुइज लगायतका ठुला कम्पनीमा समेत जागिर खान प्रमाणपत्र चाहिँदैन छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१