close

साग अन्तरगतका खेलको टिकट ई-सेवामा

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १३:२९

साग अन्तरगतका खेलको टिकट ई-सेवामा

दुई दशकपछि नेपालमा हुन गइरहेकाे दक्षीण एसियाली खेलकुद-सागकाे टिकट भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाबाट काट्न सकिने भएकाे छ । भोलि बुधबारदेखि नेपालमा हुन गइरहेको दक्षीण एसियाकै सबैभन्दा ठूलो मानिने सागका सबै खेलकाे टिकट ई-सेवाबाटै काट्न सकिने भएको हो । 

सागको टिकट उपलब्ध गराउन ई-सेवाले छुट्टै डोमेन नै तयार पारेको छ । आगामी २४ म‌सिरसम्म आयोजना हुने साग अन्तरगतका खेलका लागि खेलको अन्तिम दिनसम्म अनलाइन टिकट काट्न सकिने ई-सेवाले जनाएको छ । साग डट ई-सेवा डट कम डट एनपीमा गएर सागकाे टिकट काट्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१