close

भारतमा आईफोनको उत्पादन सुरु, एक्सआर मोडल सार्वजनिक

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १७:१३

भारतमा आईफोनको उत्पादन सुरु, एक्सआर मोडल सार्वजनिक

एप्पलले भारतमा रहेको प्लान्टबाट आईफोन एक्सआर सिरिजको उत्पादन सुरु गरेको छ । साेही प्लान्टबाट उत्पादन भएको आईफोन एक्सआर भारतीय बजारमा सार्वजनिक गरिएको छ । विषेशगरी भारतीय बजारलाई लक्षित गर्दै एप्पलले भारतमा प्लान्ट स्थापना गरेको हो ।

त्यहाँ उत्पादन भएका आइफोन नेपाल लगायतका छिमेकी राष्ट्रमा पनि विस्तारै निर्यात गर्ने योजनामा कम्पनी रहेको छ । भारतमा उत्पादन भएको आईफोन एक्सआर मंगलबार भारतको संघिय सुचना प्रविधि मन्त्री रविशंकर प्रसादले सार्वजनिक गरे ।

उक्त कार्यक्रममा मन्त्री प्रसादले आईफोन बजार विस्तारका लागि सरकारले आवश्यक सहजीकरणको काम गरिरहेको बताए । उनले देशमा मोबाइल निमार्णलाई प्राथमिकता दिन सरकाले सहजीकरण गरिहरेको उल्लेख गरे ।

मन्त्री प्रसादका अनुसार भारतले विश्वको सबैभन्दा ठूलो उत्पादन कम्पनी तथा आईफोन चार्जरको प्रमुख आपूर्तिकर्ता समेत रहेको साल्काम्पलाई चिनको नजिकै रहेको भारतको विषेश आर्थिक क्षेत्रमा यसअघि नोकियालाई उपलब्ध गराइएको सेवा प्रदान गर्नेछ ।

‘विषेश आर्थिक क्षेत्रमा सरकाले नोकियालाई उपलब्ध गराएको सेवा विगत १० वर्ष देखी बन्द अवस्थामा रहेको थियो,’ मन्त्री प्रसादले भने, ‘त्यो अब मार्च २०२० बाट पुन सञ्चालनमा आउने छ । जहाँबाट चार्जर र अन्य उपकरणहरू उत्पादन हुनेछन् । त्यसका लागि पाँच बर्षमा ३२ अर्ब रुपैंया लगानी हुने अनुमान ।’

यसअघि एप्पलले आइफोन बक्सको डिजाइन क्यालिफोर्नियामा गर्नेगरेको थियो भने, मोबाइलको एसेम्बल चीनमा । अब एप्पलले एसेम्बल, उत्पानद लगाएतका सबै काम भारतमै गर्ने बताइएको छ । ‘यो भारतको लागि गर्वलायक अवस्था हो,’ मन्त्री प्रसादले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१