close

अबको ६ वर्षमा फाईभजीका प्रयोगकर्ता दुई अर्ब ६० करोड पुग्ने !

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १४:४४

अबको ६ वर्षमा फाईभजीका प्रयोगकर्ता दुई अर्ब ६० करोड पुग्ने !

इरिक्सन फाईभजी प्रविधिमा नेतृत्वदायी कम्पनी हो । कम्पनीले फाईभजी विस्तारका लागि विभन्नि देश र सेवा प्रदायकसँग सम्झौता गरिरहेको छ । अहिलेसम्म कम्पनीले फाईजीको लागि ७५ वटा व्यवसायीक सम्झौता गरिसकेको छ ।

इरिक्सेनले भर्खरै जारी गरेको मोबाइल मार्केट रिपोर्ट (नोभेम्बर संस्करण) अनुसार अबको ६ वर्षको अवधिमा फाइभजीको प्रयोगमा उल्लेख्य वृद्धि हुँदै जानेछ । सन् २०२५ सम्म फाईभजीका प्रयोगकर्ता दुई अर्ब ६० करोड पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

इरिक्सनका अनुसार सन् २०२५ सम्म मोबाइल डेटा खपतमा पनि भारी मात्रामा वृद्धि हुनेछ । हाल एउटा स्मार्टफोनमा ओषत मासिक ७.२ जीबी डेटा खपत हुँदै आएकोमा त्यस बेलासम्म २४ जीबी पुग्ने उल्लेख छ । यसको कारण प्रयोगकर्ताको व्यवहारमा आएको परिवर्तनलाई लिइएको छ । ग्राहक पछिल्लो सयम भीआर, भिडियो स्ट्रिमिङमा आकर्षित भइरहेको छन् ।

अहिले ७.२ जीबीमा प्रयोगकर्ताले हरेक दिन २१ मीनेटको एचडी भिडियो हेर्न सक्ने अवस्थाबाट २४ जीबीमा ३० मिनेटको एचडी भिडियो र ६ मिनेटको भीआर कन्टेन्ट हेर्न सकिने अवस्था छ । सन् २०२५ सम्म विश्वका ६५ प्रतिशत जनसंख्या फाईभजीको पहुँचमा पुग्ने अनुमान गरिरहँदा त्यस समयमा कूल मोबाइल डेटाको ४५ प्रतिशत फाईभजीले ओगट्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१