close

भायनेटको इन्टरनेट प्याकेजमै नेट टीभी र रेडमी नोट ८ प्रो !

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १५:३१

भायनेटको इन्टरनेट प्याकेजमै नेट टीभी र रेडमी नोट ८ प्रो !

इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले ग्राहक लक्षित आकर्षक योजना ल्याएको छ । कम्पनी स्थापनाको २० औं वर्ष प्रवेशको अवसरमा कम्पनीले ‘क्या लभ्ली अफर’ सुरु गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकले एक वर्षको इन्टरनेट जोड्दा नेट टीभी र ६४ मेगापिक्सल क्यामरा भएको शाओमी रेडमी नोट एट प्रो निःशूल्क प्राप्त गर्नेछन् । उक्त प्याकेजको मूल्य ३४ हजार रुपैयाँ रहेको छ । त्यस्तै २७ हजार सात सयमा रुपैयाँ पर्ने एक वर्षकाे इन्टरनेट प्याकेजको साथमा नेट टीभी र शाओमी रेडमी नोट ८ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी १८ हजार सात सय ९० रुपैयाँ को इन्टरनेट प्याकेजमा सामसङ र स्काईवर्थको ३२ इञ्चदेखी ४३ इञ्चसम्मका एलईडी टीभीका र नेट टीभी प्राप्त गर्न सकिनेछ । भायनेटले तीन महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकका लागि पनि विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।

सन् १९९९ मा स्थापना भएकाे भायनेटले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । सन् २०११ देखि फाइबर अप्टिक्स् इन्टरनेट सर्भिस शुरुवात गरेको उक्त कम्पनीले हाल काठमाडौंका साथै बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ । आगामी दिनमा इन्टरनेट सेवा देशभर विस्तार गर्ने कम्पनीको लक्ष छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१