close

ह्याकरबाट सामाजिक सञ्जालमा यसरी जोगिनुहोस्

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १२:२६

ह्याकरबाट सामाजिक सञ्जालमा यसरी जोगिनुहोस्

तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने अपराधिक मनोवृत्ति भएका तथा साइबर आक्रमणकारीबाट सावधान रहन एकदमै जरुरी छ । त्यसो त कुन गल्ती गर्दा आफू कस्तो जोखिममा परिन्छ भन्ने कुरा धेरै प्रयोगकर्तालाई पत्तै हुँदैन ।

वास्तवमा सामाजिक सञ्जालमा आइपर्नसक्ने खतरा कल्पनाको विषय मात्र नभएर चुनाैतिको यथार्थ विषय हो । विभिन्न किसिमका साइबर आक्रमणकारी तथा अपराधिक मनोबृत्ति भएकाहरु व्यक्तिगत अकाउण्टमा घुस्न छिद्रहरु खाेजिरहेका हुन्छन् ।

यदी तपाईंले थोरै मात्र सावधानी अपनाउन सक्नुभयो भने आफ्नो अकाउन्ट ह्याक हुन बाट जाेगाउन सक्नुहुनेछ । यहाँ हामी तपाईंहरुलाई सामाजिक सञ्जालमा सुरक्षित हुने केही उपायहरुकाे बारेमा जानकारी दिन गइरहेका छौँ ।

मजबुत पासवर्ड र बायोमेट्रिक लक राख्ने

भौतिक तवरबाट आइपर्ने जोखिमबाट सुरक्षित रहन माेबाइल स्क्रिनमा लक राख्नेगर्नुहोस् । डिभाइसमा बलियाे पासवर्ड र फिंगरप्रिन्ट तथा बायाेमेट्रिकको प्रयोग गर्न पनि नभुल्नुहाेस् ।

बलियाे पासवर्ड राखेर मात्रै पर्याप्त हुँदैन । निश्चित समयपछि पासवर्ड परिवर्तन गर्ने गर्नुहोस् । टु फ्याक्टर अथेन्टिकेसनकाे प्रयाेग गर्नुहाेस् ।

अकाउन्ट लक गर्न पासवर्ड र टू फ्याक्टर अथेन्टिकेशन महत्त्वपूर्ण माध्यम हुन् । सबै अकाउण्टमा एउटै पासवर्डको प्रयोग नगर्नुहोस् ता कि कुनै एउटा आईडी ह्याक भइहाले पनि अन्यत्र जोगिन सक्नुहुन्छ ।

टू फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्ने

फेसबुकमा टू फ्याक्टर अथन्टिकेसन राख्न सेटिङ मेनुमा जानुहोस् । त्यहाँ दिइएको सेक्युरिटी एण्ड लगइनमा गएपछि टू फ्याक्टर अथन्टिकेसन अप्सन देख्नुहुनेछ । त्यसलाई सुनिश्चित गर्न तपाईले पासवर्ड राख्नुपर्ने हुन्छ ।

त्यसपछि टु फ्याक्टर अथेन्टिकेशन अन गर्नुहाेस । तपाईले म्यासेजमार्फत त्यसको कोड पाउन सक्नुहुनेछ ।काेड जेनेरेटरकाे रुपमा गुगल अथेन्टिकेटर एप पनि प्रयाेग गर्न सकिन्छ ।

ट्वीटरकाे लागि सेटिङमा गएर प्राइभेसीमा क्लिक गर्नुहोस् । अब फेरी अकाउन्टमा जानुहाेस् । त्यहाँ तपाईंले सेक्युरिटी लेखिएको देख्नुहुनेछ । त्यसमा गइसकेपछि ‘रिभ्यु याेर लगइन भेरिफिकेसन मेथड’ फेला पार्न सक्नुहुनेछ ।

त्यसमा पासवर्ड राख्नुहोस् र भेरिफिकेसन लगइन स्क्रिनमा जानुहोस् । त्यसपछि तपाइले काेड प्राप्त गर्नुहुनेछ । यदि तपाईंले बलियाे युनिक तथा मजबुत पासवर्ड र टु फ्याक्टर अथेन्टिकेशन प्रयाेग गर्नुभयाे भने फेसबुक र ट्वीटर अकाउण्ट ह्याक हुने संभावना एकदमै कम रहन्छ ।

रिमाेट कन्ट्रोलबाट हेर्ने

यसका लागि फेसबुकले केही उपायहरु दिएको छ । जसको माध्ययमबाट तपाईंले आफ्नो अकाउण्टमा कसले कहाँ बाट पहुँच बनाइरहेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

त्यसका सुरुमा सेटिङमा जानुहाेस् । त्यहाँ दिइएको ‘सेक्युरिटी एण्ड लगइन’मा क्लिक गर्नुहोस् । यसमार्फत तपाईंले कहाँबाट आफ्नो अकाउण्ट प्रयोग भइरहेको छ भन्ने विषयकाे जानकारी पाउन सक्नुहुनेछ ।

त्यहाँ दायाँ पट्टी दिइएको आइकनमा ‘लग आउट’ को विकल्प छनौट गर्न सक्नुहुनेछ भने कतैबाट अनधिकृत रुपमा तपाईंको अकाउण्टमा पहुँच बनाइएकाे रहेछ भने त्यसलाई सुरक्षित पार्न रिपोर्ट समेत गर्न सक्नुहुनेछ । स्क्राेल गर्दै केही तल जानुभयो भने ‘सेटिङ अप एक्स्ट्रा सेक्युरिटी’ फिचर देख्नसक्नुहुनेछ ।

त्यहाँ रहेको ‘गेट अलर्ट अबाउन अनरिकग्नाइज लगइन’ अप्सन छनौट गर्नुभयो भने कसैले अपरिचित ठाउँ तथा ब्राउजरबाट तपाईंको फेसबुकमा पहुँच बनाउन खोजेको अवस्थामा पुर्व सूचना पाउन सक्नुहुनेछ । यस्तो सुविधा ट्वीटरले भने ल्याइसकेको छैन ।

तेश्रो पक्षका एप तथा गेमको नियन्त्रण गर्ने

थर्ड पार्टी एप तथा गेमहरुकाे माध्यमबाट सामाजिक सञ्जालमा रहेका तपाईंका जानकारी हरु ह्याकरले हात पार्ने जोखिम रहन्छ । त्यसबाट बच्नका लागि फेसबुककाे सेटिङमा जानुहाेस् ।

त्यहाँ ‘एप तथा वेबसाइट’ फेला पार्न सक्नुहुनेछ । त्यहाँ गइसकेपछि तपाईंको फेसबुकमा अन्य एप तथा गेमहरुले कतिसम्म पहुँच बनाइरहेका छन् भन्ने विषय थाहा पाउन सक्नुहुनेछ । यसैगरी ट्वीटरमा सेटिङमा रहेको प्राइभेसी एप्समा गएर इडिट गर्न सक्नुहुनेछ ।

एपलाई अनावश्यक अनुमति नदिने

एन्ड्रोइड मोबाइलको सेटिङमा गएर एप्स लेखिएकाे स्थानमा जानुहोस् । माथिकाे दायाँ पट्टीकाे मेनुमा ‘एप पर्मिशन’ दिइएको देख्नुहुनेछ । यदी तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने मोबाइलको सेटिङमा रहेको प्राइभेसीमा जानुहाेस् ।

कुन कुन एपलाई कस्तो अनुमति दिनुभएकाे छ थाहा पाउन सक्नुहुनेछ । त्यहाँबाट तपाईंले कुनै निश्चित एपलाई कतिसम्मको अनुमति तथा जानकारी दिने भन्ने कुराको नियन्त्रण कायम गर्न सक्नुहुनेछ ।

सामाजिक सञ्जालमा सकेसम्म थोरै विवरण राख्ने

सामाजिक सञ्जालमा सिमित मात्रामा मात्रै व्यक्तिगत विवरणहरु राख्नुहाेस् । यस्तो अवस्थामा तपाईंको आईडीमा पहुँच बनाउन सफल भएको अवस्थामा पनि संभावित क्षतिलाई कम गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१