close

ओप्पोको आफ्नै नयाँ अपरेटिङ सिस्टम सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १८:२६

ओप्पोको आफ्नै नयाँ अपरेटिङ सिस्टम सार्वजनिक

मोबाइल निर्माता कम्पनी ओप्पोले आफ्नो नयाँ कलरओएस सेभेन सार्वजनिक गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको कार्यक्रममा एण्ड्रोइडमा आधारित आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

‘विश्वभरका ३० करोड भन्दा बढी उपभोक्तालाई थप सहज, तिब्र र सुलभ अनुभव प्रदान गर्ने सोचका साथ कलरओएसमा तयार पारिएको छ’, ओप्पो कलरओएसका वरिष्ठ रणनीति प्रबन्धक मार्टिन ल्यूले भने, ‘यो अपडेटले प्रणालीगत डिजाइनको पूनरकल्पना मात्र नभइ श्रब्यदृष्य तथा गेमिङ अनुभवमा समेत सुधारको महसुस हुनेछ ।’

ओप्पोले प्रयोगकर्ताहरुका लागि विशेष आवश्यकता अनुसार स्थानियकृत फिचर्स समेत उपलब्ध गराएको जनाएको छ ।

सरल र हलुंगो, ईन्फिनिट डिजाइन

ईन्फिनिट डिजाइनका साथमा कलरओएसले युजर ईन्टरफेसमा थप सरलिकृत अनुभव प्रदान गर्न लाइटवेइट भिज्यूअल एप्रोच अपनाएको छ । यसले प्रयोगकर्तालाई आफ्ना रुचि अनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न सघाउने बताइएको छ ।

आईकन अप्टिमाइजेसनमा समग्र नियन्त्रणका साथमा यसमा रहेको डार्क मोडले दिनभर हरेक अवस्थामा अध्ययनमा ध्यान केन्द्रित गर्न सघाउनुका साथै ब्याट्री खपतमा न्यूनिकरण ल्याउन समेत सघाउनेछ ।

साउण्डमा अपग्रेड

कलरओएस सेवेनले सरल अन्तरक्रियाका लागि थप परिस्कृत गरेको छ । जसमा रहेको मौसम (अनुकूलीत अलार्मले स्वचालित रुपमा मौसम अनुसार अलार्म साउण्ड समायाजन गर्ने छ ।

साथै, नयाँ आर्टिस्ट वालपेपर प्रोजेक्ट अनुसार अब प्रयोगकर्ताले समय र स्वाइपका आधारमा परिवर्तन हुने जीवन्त वालपेपरको आनन्द महसुस गर्न सक्नेछन् । यसैगरी अपग्रेडेड ह्याप्टिक डिजाइनले अझ सटिक टच रेस्पोन्स साउण्ड र थप वास्तविक टच अनुभव दिनेछ ।

कलरओएसको समग्र साउण्ड सिस्टम अपग्रेडका लागि ओप्पोले डेनमार्कको अडियो डिजाइन कम्पनी ईपिक साउण्डसँग सहकार्य गरको छ । प्रकृतिबाट प्रेरित नयाँ साउण्ड ईफेक्टले प्रयोगकर्तालाई आरामदायी श्रब्य अनुभव दिलाउने दाबी गरिएको छ । यसबाट नियन्त्रित सिस्टमका रिंगटोन, नोटिफिकेसन लगायत अन्य धेरै प्रणालीमा समेत सुधारको महसुस गराउनेछ ।

तिब्र र सहज

युआई फर्स्ट अवधारणामा आधारित कलरओएसमा तिब्र र सहज अनुभव दिने गरी ओफास, ओमेम र ओसेन्स लगायतका फिचरहरु समावेश गरिएको छ । ओफासले कोल्ड स्टार्टलाई वार्म स्टार्ट जत्तिकै तिब्रता दिने दाबी गरिएको छ । जसबाट अब एप अझ छिटो खुल्नुका साथै सञ्चालन समेत सघाउ पुग्नेछ ।

त्यसैगरी ओमेमले प्रयोगकर्ताका बानीको आधारमा प्रणाली विशेषतालाई स्थानीकृत बाँडफाँड गरी तिब्रताको अनुभव दिनेछ । यो प्रविधिको सहायताबाट र्‍यामको उपयोगिता ४० प्रतिशतसम्म बुस्ट हुने बताइएको छ ।

सुदृढ प्राइभेसी

प्रयोगकर्ताका ब्यक्तिगत गोपनियता सुरक्षामा विशेष ध्यान दिँदै ओप्पोले यूजर डाटा सुरक्षाका लागि पर्सनल ईन्फोरमेसन प्रोटेक्सन शिल्ड उपलब्ध गराएको छ । यसले थर्ड पार्टी एप्सबाट प्रयोगकर्ताका सूचना जोगाउन सघाउने बताइएको छ ।

तस्विर तथा भिडियोमा नयाँ फिचर

सुरुवाती अवस्था देखि नै ओप्पो आफ्नो फोटो सम्बन्धि फिचरका लागि परिचित छ । नयाँ कलरओएस सेभेनले यसलाई थप एक कदम अगाडि लैजाने कम्पनीको विश्वास छ । एआई ब्यूटिफिकेसन २.० ले वातावरण र प्रकाशको उचित मापन गर्दै प्रयोगकर्ताको स्क्रिन टोनका आधारमा स्पष्ट फेसियल डिटेल्सका साथै सर्वाधिक प्राकृतिक तथा आकर्षक लुक्स पस्कनेछ ।

यसमा रहेको अल्ट्रा नाइट मोडले क्यान्डललिट डिनर्स, रात्रीकालिन बजार लगायत स्थानमा न्वाइज घटाउँदै, थप स्पष्ट, चहकिलो तथा जीवन्त कलर सहितका अदितीय फोटो खिच्न सघाउँछ । ओप्पोको स्मार्ट भिडियो एडिटर, सोलुपले भिडियो खिच्ने प्रक्रिया तथा एडिटिङ कार्यलाई थप सहज बनाउँदै नयाँ प्रयोगकर्ताका लागि समेत सुन्दर भिडियो खिच्न तथा एक ट्यापकै भरमा सेयर गर्न मिल्ने बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१