close

पर्यटन वर्ष प्रवर्द्धन गर्न यी ६ शहरमा यसरी हुँदैछ एनसेल मेला

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १८:३९

पर्यटन वर्ष प्रवर्द्धन गर्न यी ६ शहरमा  यसरी हुँदैछ एनसेल मेला

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले देशका विभिन्न ६ शहरमा ‘एनसेल मेला ’ आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन एनसेलले इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा मेलाको आयोजना गर्ने भएको हो ।

कार्यक्रममा चर्चित कलाकार तथा सांगितिक समुहको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् । मेलाको सुरुवात २८ मंसिरमा इटहरीको जनता माध्यामिक विद्यालयको फुटबल मैदानबाट आयोजना हुने एनसेलले जनाएको छ ।

त्यसैगरी ९ पुषमा धनगढीको सुदूरपश्चिमाञ्चल प्रहीको मैदानमा र २२ पुषमा बुटवलको सिद्घेश्वरी स्कुल मैदान दीपनगरमा मेला आयोजना हुने उल्लेख छ । यी ६ वटै शहरमा एनसेल मेला १० बजे शुरु भई कन्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ ।

एनसेलका अनुसार मेलामा गीत–संगीत, किड्स जोन, डिजिटल जोन देखि विभिन्न फिजिकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहार समावेश हुनेछन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरेको मेलामा थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कार समेत पाउन सक्न‍ेछन् । मेलाको आकर्षणको रुपमा चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगितिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टल, विदेशी कलाकारको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चअल जोन रहने छन् ।

मेलामा गायकहरु दिपक बज्राचार्य तथा रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बाँस्कोटा, मेलिना राई, टीका प्रसाँई, अभिनेत्री प्रियंका कार्कीको प्रस्तुती रहेने छ । त्यस्तै वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ बताइएकाे छ ।

मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रडक्टहरुका थिम गेमको आनन्द लिँदै आकर्षक पुरस्कार समेत जित्न सक्ने छन् । साथै दर्शकले मेलामा नै आवश्यक कागजात बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड गर्न समेत सक्ने एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१