close

भारतमा अझै पाँच वर्षसम्म फाइभजी नचल्ने !

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १६:३१

भारतमा अझै पाँच वर्षसम्म फाइभजी नचल्ने !

भारतमा अझै अब पाँच वर्ष फाइभजी नचल्ने भएको छ । भारतका टेलिकम कम्पनीले पछिल्लो वर्षहरुमा बेहोरेको ठुलो घाटा र फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध नहुँदा अझै पाँच वर्ष फाइभजी नचल्ने भएको हो ।

भारतका टेलिफोन सेवा प्रदायकहरुले अझै पाँच वर्ष फाइभजीमा जान नसक्ने उल्लेख गरेका छन् । यसको पछाडि त्यहाँका दूरसञ्चार कम्पनीको वित्तीय अवस्था र फ्रिक्वेन्सी ब्याण्डको उपलब्धता भएको उल्लेख गरेका छन् । सेलुलर अपरेटर्स एसोसिएशन अफ इंडीया (सीओएआई) का महानिर्देशक राजन एस म्याथूजले फाइभजी अझै पाँच वर्ष पर घकेलिएको बताए ।

सीओएआईमा भारतका निजी टेलिकम सेवा प्रदयाक कम्पनी भारती एयरटेल, रिलायन्स जीयो र भोडाफोन आईडीया जस्ता ठुला कम्पनीहरु रहेका छन् । साथै हार्डवेयर निमार्ता कम्पनी, हुवावे, एरिक्सन, सिस्को, सैना लगायतका कम्पनी पनि त्यसको सदस्य रहेका छन् ।

‘फ्रिक्वेन्सी ब्याण्डको मूल्य नै यो उद्योगको लागि सबैभन्दा जटिल समस्या हो,’ उनले भने, ‘एक मेगाहर्ज ब्याण्डको मूल्य चार अर्ब ९२ करोड रहेको छ । सबै सेवाप्रदायकले यो मूल्यलाई अव्यवहारिक र विश्वव्यापी रुपमा कहिँ नभएको उल्लेख गरेका छन् ।’ अहिले भारतको समग्र दूरसञ्चार क्षेत्र ७५ खर्बको ऋणमा छ भने, भारतका टेलिकम सेवा प्रदायक कम्पनीहरु मध्य रिलायन्स जीयोले मात्रै आम्दनी गरिहेको अवस्था छ भने अन्य सबै सेवाप्रदायक कम्पनीहरु घाटामा छन् । यस्तो अवस्थामा फाइभजीको विस्तार अझै पाँच वर्ष सम्भव नरहेको उनले बताए ।

त्यतिमात्रै नभएर, फाइभजी विस्तारको लागि फ्रिक्वेन्सी ब्याण्ड पनि आवश्यक मात्रामा नछुट्याइएको उल्लेख गरेका छन् । उनका अनुसार फाइभजीको लागि ३३० मेगाहर्ज देखी ३६०० मेगाहर्जको फ्रिक्वेन्सी ब्याण्ड आवश्यक पर्छ ।

यो ब्याण्ड महंगो ब्याण्ड पनि हो । सय मेगाहर्ज ब्याण्डको टेलिकम सेवा प्रदायकले पाँच खर्ब भारतीय रुपैयाँ बुझाउनु पर्नेहुन्छ । जुन सम्भव नभएको म्याथूजले बताएका छन् । उनका अनुसार यस्तै अवस्था रहे अन्य देशले सिक्सजी सेरुवात गरिसक्दा पनि भारतमा फाइभजी‍ आउने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१