close

यस्तो आउँदैछ, विश्वकै तीब्र चार्ज हुने स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १८:२९

यस्तो आउँदैछ, विश्वकै तीब्र चार्ज हुने स्मार्टफोन

विश्व बजारमा हाल फास्ट चार्जिङ स्मार्टफोनको ताज ओप्पो रेनो एजले पहिरिएको छ । जसमा ६५ वाटको चार्जिङ स्पिड रहेको छ । जसले मद्धतले मोबाइलमा रहेको ४ हजार एमएएचको ब्याट्री मात्र ३० मिनेटमा फुल चार्ज हुन्छ ।

तर, ओप्पोको रेनो एजले पहिरिएको ताज अब साओमी ब्राण्ड अन्तरगतको रेड्मी सिरिजको स्मार्टफोनले पहिरिने देखिएको छ । मोडल नम्बर ‘एम२००१जे१ई/सी’ रहेको रेडमीको फाइभजी स्मार्टफोनले उक्त ताज ओप्पोबाट खोस्ने भएको हो ।

कुन सिरिजको स्मार्टफोन भन्ने स्पष्ट नभएता पनि चीनको थ्रिसी टेलिकम्युनीकेशनको वेबसाइमा उल्लेख भएअनुसार रेड्मी विश्वकै फास्ट चार्जिङ स्मार्टफोन ल्याउने तयारीमा रहेको बुझिएको छ ।

उक्त स्मार्टफोनले फास्ट चार्जिङको ताज पहिरिने मात्रै नभएर चार्जिङ स्पिडमा पनि ओप्पोलाई पछि पार्नेछ । ६६ वाट चार्जिङ स्पिडका साथ आउने तयारीमा रहेको उक्त स्मार्टफोनमा ओप्पो रेनो एजको तुलनामा खासै ठुलो अपग्रेड नभएता पनि विश्वको सबैभन्दा फास्ट चार्ज हुने स्मार्टफोनको रुपमा भने दर्ज हुनेछ ।

साओमीले आउँदो महिना रेड्मी नोट के ३० सार्वजनिक गर्ने जनाएको छ । उपलब्ध जानकारी अनुसार उक्त स्मार्टफोनमा फास्ट चार्जिङको सुविधा हुने भनिए पनि विश्वकै फास्ट चार्जिङ सहितको स्मार्टफोन सोही हो वा अर्को हो भन्ने विषय भने उल्लेख छैन ।

त्यसैले रेड्मीले ल्याउन लागेको विश्वका फास्ट चार्जिङ सिस्टम भएको मोबाइल कुन हो भन्ने विषय अन्यौलमै छ । आखिर जे भए पनि सन् २०१९ फास्ट चार्जिङ स्मार्टफोनको लागि सबैभन्दा सफल बर्ष रह्यो । सन् २०२० पनि फास्ट चार्जिङ प्रविधिको हिसावले फलदायी हुने अपेक्षा गर्न सकन्छि ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१