close

एनसेलको ‘मेरो प्लान’मा २५ जीबीसम्म डेटा बोनस

टेकपाना टेकपाना

मंसिर १३, २०७६ १८:१३

एनसेलको ‘मेरो प्लान’मा २५ जीबीसम्म डेटा बोनस

मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि डेटामा आकर्षक बोनस अफर ल्याएको छ । कम्पनीले ‘मेरो प्लान’ लिएका एनसेलका ग्राहकहरुले अब त्यति नै डाटा बोनसमा युट्युब भिडियो हेर्न पाउने भएका हुन् ।

यो योजना १३ मंसिरदेखि लागु भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत मेरो प्लान लिएका एनसेलका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो हेर्न तथा गुगल म्याप, जिमेल तथा गुगलका अन्य सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

प्लान १९९ र प्लान २९९ नाम दिइएको यो अफर सुचारु गर्ने ग्राहकले बोनसमा एक जिबी र तीन जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनसमा ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् भने प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा बोनसमा प्राप्त गर्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप यो योजना ल्याइएको एनसेलले जनाएको छ । कम्पनीको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले डेटा बाेनसका अतिरीक्त अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि सुलभ दरमा पाउनेछन् । ग्राहकले *320# डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरी एनसेलको यो अफरको फाइदा उठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१