close

‘साग’लाई टेलिकमको फोरजी सिम, स्वास्थ्य हटलाइन एक महिना निःशूल्क

टेकपाना टेकपाना

मंसिर १४, २०७६ १५:०

‘साग’लाई टेलिकमको फोरजी सिम, स्वास्थ्य हटलाइन एक महिना निःशूल्क

नेपाल टेलिकमले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । टेलिकम १५ देखि २४ मंसिरसम्म नेपालमा हुनगइरहेको सात मुलुकहरुले भाग हुने खेलकुद प्रतियोगिता सागको स्पोन्सर बनेको हो ।

साग अन्तरगत काठमाडौ, जनकपुर र पोखरामा विभिन्न खेलहरु खेलाइने छ । त्यसमा सहभागी हुने सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय फोरजी सिमकार्ड निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको काउण्टरबाटै प्रदान गरिरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सर्टकोड ११६६ मा कल गरेर यो सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबद्र्धन कार्यका लागि स्टल समेत राख्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१