close

सागका खेल हेर्न आउने सबै दर्शकलाई वर्ल्डलिङ्कको फ्री वाईफाई

टेकपाना टेकपाना

मंसिर १४, २०७६ १७:४५

सागका खेल हेर्न आउने सबै दर्शकलाई वर्ल्डलिङ्कको फ्री वाईफाई

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले दक्षीण एशियाली खेलकुद (साग) का खेल हेर्न र‌ंगशाला आउने सबै दर्शकलाई निःशूल्क वाईफाई दिने भएको छ । कम्पनीले खेल हुने स्थानहरु दशरथ रंगशाला, पोखराको रंगशाला र जनकपुरको रंगशालामा खेल अवधिभर फ्री वाईफाई उपलब्ध गराउने भएको हो ।

वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवले खेलअवधिभर दर्शकलाई निःशूल्क रुपमा अनलिमिटेड इन्टरनेट दिने गरी आवश्यक तयार पुरा भएकाे जानकारी दिए। ‘भोलि १५ गतेदेखि २४ गतेसम्म रंगशाला आउने दर्शकले वर्ल्डलिंकको निःशूल्क वाईफाइको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘वर्ल्डलिङ्कले रंगशालाको पूर्ण क्षमता अनुसार खेल हेर्न आउने सबै दर्शकलाई पुग्नेगरी निःशूल्क इन्टरनेट दिनेछ ।’

दशरथ रंगशालामा ४० हजार, पोखरा र जनकपुरमा ३०/३० हजार दर्शक सहभागी हुने अनुमानका साथ सोही क्षमतामा निःशूल्क वाईफाईको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१