close

वेबसाईटमै उप निर्वाचनको नतिजा, यसरी सकिन्छ हेर्न

टेकपाना टेकपाना

मंसिर १४, २०७६ २०:१४

वेबसाईटमै उप निर्वाचनको नतिजा, यसरी सकिन्छ हेर्न

शनिबार देशका विभिन्न स्थानमा उप निर्वाचन सम्पन्न भएको छ । धेरै ठाउँमा अहिले मतगणना जारी छ । कतिपय स्थानबाट मत परिणामहरु आउन थालेका छन् ।

उप निर्वाचनको मत परिणामको चासो यतिबेला धेरैलाई छ । यस्तो मत परिणामबारे जानकारी दिन निर्वाचन आयोगले छुट्टै व्यवस्था गरेको छ । आयोगकाे वेबसाइट result.election.gov.np मार्फत यस्तो नतिजा हेर्न सकिन्छ ।

आयोगका अनुसार उक्त वेबसाईट खोलेपछि नेपालको नक्सामा निर्वाचन भइरहेका स्थान देख्न सकिन्छ । जसमध्ये हरियो रङमा प्रतिनिधिसभा, खैरोमा प्रदेश सभा र नीलोमा स्थानीय तहको निर्वाचन बारे जानकारी छ ।

नक्सामा उक्त रङ रहेको क्षेत्रमा क्लिक गरेपछि सो क्षेत्रमा उम्मेदवार र दलको नामावलीसहित पछिल्लो नतिजा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१