close

यस्तो हुनेछ साओमीको क्यामरा केन्द्रित फोन

टेकपाना टेकपाना

मंसिर १५, २०७६ १०:०

यस्तो हुनेछ साओमीको क्यामरा केन्द्रित फोन

काठमाडौं– स्मार्टफोन निर्माता चिनियाँ कम्पनी साओमीले आगामी साता आफ्नो क्यामेरा केन्द्रित फोन रेडमी के थर्टी सार्वजनिक गर्दैछ । सार्वजनिक हुनु अघि नै यसको केही फिचरहरु भने बाहिरिएको छ ।
हालसम्म सार्वजनिक भएका जानकारी अनुसार यो फोन रेडमीको के सिरिजको अघिल्लो फोन के ट्वान्टी भन्दा पनि विशिष्ट खालको हुनेछ ।
कम्पनी आफैंले सार्वजनिक गरेको टिजरमा आगामी फोनमा विश्वकै पहिलो हाइ रिजोल्युसन सेन्सर प्रयोग हुने दाबी गरिएको छ । साओमीले आफ्नो अर्को फोन एमआई नोट टेनमा यसअघि नै १०६ मेगापिक्सेलको क्यामेरा प्रयोग गरेको छ ।
के थर्टीमा भने सोनीको आईएमएक्स ६८६ इमेज सेन्सर प्रयोग हुने जानकारी सार्वजनिक भएको छ । यो क्यामेरा सेन्सर ६० मेगापिक्सेलको हुनेछ । यो क्यामेरा सेन्सर प्रयोग प्रयोग गरिएको के थर्टी पहिलो स्मार्टफोन हुनेछ ।
के थर्टी ६.६६ ईन्चको फूल एचडी डिस्प्लेसहित सार्वजनिक हुनेछ भने यसमा क्वालकमको स्न्यापड्र्यागन ७३० प्रोसेसर प्रयोग भएको हुनेछ । यसमा ४५ सय एमएएचको व्याट्री प्रयोग हुनेछ भने २७ वाटको चार्जर प्रयोग गरिनेछ ।
यसका साथै, फोटोको लागि यो स्मार्टफोनमा ८ मेगापिक्सेलको टेली लेन्स, १३ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर प्रयोग हुनेछ । फ्रन्टमा २० मेगापिक्सेल र २ मेगापिक्सेलको दुई क्यामेराले संयुक्त रुपमा काम गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१