close

स्मार्टमा ९ रुपैयाँमै २४ घण्टा अनलिमिटेड कुराकानी

टेकपाना टेकपाना

मंसिर १५, २०७६ १७:३५

स्मार्टमा ९ रुपैयाँमै २४ घण्टा अनलिमिटेड कुराकानी


मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकमले अनलिमिटेड भ्वाइस अफर सार्वजनिक गरेको छ । कम्पनीले कर बाहेक ९ रुपैयाँमा दिनभर र ९९ रुपैयाँमा महिनाभर अनलिमिटेड कल गर्न सकिने गरी आकर्षक अफर ल्याएको हो ।

यस अफर अन्तरगत कम्पनीको नेटवर्क भित्र (स्मार्टको नम्बरबाट स्मार्टकै नम्बरमा) ९ रुपैयाँमै (कर बाहेक) एक दिनभर अर्थात २४ घण्टा अनलिमिटेड कुराकानी गर्न सकिनेछ । यसैगरी २९ रुपैयाँमा (कर बाहेक) हप्ताभर र ९९ सय रुपैयाँमा (कर बाहेक) महिनाभर अनलिमिटेड कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ ।

एक दिन, एक हप्ता र एक महिनाको अनलिमिटेड भ्वाइस अफर लिएर कुराकानी गर्नका लागि स्मार्टका ग्राहकले क्रमशः *141*1*2*3#, *141*1*2*2#  र *141*1*2*1# डायल गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१