close

अब फेसबुकबाट सोझै गुगल फोेटोमा फोटो पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर १६, २०७६ १८:४४

अब फेसबुकबाट सोझै गुगल फोेटोमा फोटो पठाउन सकिने

फेसबुकले सिधै गुगल फोटोमा फोटो पठाउन सकिने सुविधा थप गरेको छ । फेसबुकले पहिलो चरणमा सोमबार आयरल्याण्डबाट यसको सुरुवात गरेको हो । भने, सन् २०२० को मध्यअघि नै यो सेवा विश्वव्यापी रुपमा उपलब्ध गराइने फेसबुकले जनाएको छ ।

‘फेसबुक सुरु भएको एक दशक पछि हामीले प्रयोगकर्तालाई फेसबुकमार्फत उनीहरुको जानकारी डाउनलोड गर्न सक्ने बनाएका थियौं,’ फेसबुकका प्राइभेसी तथा पब्लीक पोलिसि विभागका निर्देशक स्टिव सेटरफिल्डले भने, ‘आजबाट सुरु भएको फोटा ट्रान्सफर टुलले प्रयोगकर्तालाई आफ्नो फोटोको ब्याकअपका लागि मद्धत पुर्‍याउने छ ।’

यो सेवा कम्पनीले ओपन सोर्स डाटा ट्रान्सफर प्राजेक्टअन्तरगत निमार्ण गरेको हो । कम्पनीको ओपन सोर्स डाटा ट्रान्सफर प्राजेक्टमा एप्पल, गुगल, माइक्रोसफ्ट, ट्वीटर लगाएतको सहभागिता रहने छ । तर, पहिलो चरणमा भने गुगल फोटोबाट यसको सुरुवात गरिएको हो ।

जसको परिक्षण आयरल्याण्डमा गरिएको छ । त्यहाँका प्रयोगकर्ताले दिएको प्रतिक्रियाको आधारमा सेवालाई अझ परिस्कृत गर्दै सन् २०२० को मध्यसम्म विश्वव्यापी उपलब्ध गराइने उल्लेख छ ।

फेसबुकका अनुसार यदि तपाईं गुगल फोटाको प्रयोगकर्ता हो र आफुले खिचेको फोटो गुगल फोटोमा स्वत रुपमा ब्याकप गर्नुहुन्न भने, त्यस्ता प्रयोगकर्ताको लागि यो सेवा उपयोगी हुनेछ । त्यसकालागि फेसबुकले सामाजिक सञ्जालमा राखिएको फोटो गुगल सर्भिसमा स्वत रुपमा ब्याकअप गर्न मिल्ने व्यवस्था गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३