close

अब गुगल फोटोमै च्याट गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर १८, २०७६ ८:३१

अब गुगल फोटोमै च्याट गर्न मिल्ने

अब तपाईंले फेसबुक फोटो र भिडियो गुगल फोटोमा अपलोड गर्न सक्ने विषयमा हामीले दुई दिन अघि मात्रै लेखेका थियौँ । आज फेरी गुगलले आफ्नो गुगल फोटो एपमै च्याट गर्न मिल्ने अर्को एउटा फिचर थप गरेको छ । 

जब प्रयोगकर्ताले गुगल फोटो तथा भिडियो सेयर गर्नेछन्, त्यहाँ कुराकानीका लागि साथीहरुलाई एड गर्न सक्नेछन् । यसरी सेयर गरिएका फोटोमै लाइक र कमेन्ट गर्ने सुविधा पनि दिइएको छ । 

च्याटमा कुराकानीकै क्रममा सेयर भएका फोटोहरु प्रयोगकर्ताले कुनै पनि गुणस्तर नगुमाइकनै आफ्नो ग्यालरीमा सेभ गर्न समर्त सक्नेछन् । तपाईंले विद्यमान अवस्थामा प्रयोग गरिरहेका म्यासेजिङ एपलाई विस्थापित गर्नेगरी यो फिचर डिजाइन गरिएको भने हाेइन ।

यो त केवल परिवार र साथीमाझ फोटो सेयर गर्न प्रोत्साहित गर्ने हिसावले मात्रै ल्याइएको हो । समाचार अनुसार अर्को सातासम्म गुगल फोटोजको च्याट फिचर क्रमशः उपलब्ध हुँदै जानेछ र यो फिचरले एन्ड्रोइड, आईओएस र वेब एप्समा समेत काम गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३