close

नेपाल र श्रीलंकाबीचको फुटबल कसले जित्ला ? सही अनुमान लगाउनेलाई टेलिकमको रिचार्जमा २ हजार

टेकपाना टेकपाना

मंसिर १८, २०७६ ९:४२

नेपाल र श्रीलंकाबीचको फुटबल कसले जित्ला ? सही अनुमान लगाउनेलाई टेलिकमको रिचार्जमा २ हजार

दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत आज नेपाल र श्रीलंका भिड्दैछन । दशरथ रंगशालामा हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

उक्त प्रतिस्पर्धाको सहि अनुमान लगाउनेलाइ नेपाल टेलिकमले पुरस्कृत गर्ने भएको छ । टेलिकमले विजयी हुने टिमको सहि अनुमान लगाउनेलाइ २ हजार रुपैया बराबरको रिचार्ज उपलब्ध गराउने भएको हो ।

यसका लागि टेलिकमको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा कमेन्ट लेख्नुपर्नेछ । यस्तो कमेन्ट खेल सुरु हुनु अघि अर्थात बेलुका ५ बजे भित्रसम्मको मात्र मान्य हुने कम्पनीले जनाएको छ । मङ्गलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३