close

टेलिकमको अर्को रोचक सुविधा, आफन्तलाई भोइस र डेटा उपहार दिन सकिने

टेकपाना टेकपाना

मंसिर १८, २०७६ १५:३२

टेलिकमको अर्को रोचक सुविधा, आफन्तलाई भोइस र डेटा उपहार दिन सकिने

नेपाल टेलिकमको भोइस तथा डेटा सेवा सस्तो मूल्यमा उपहार स्वरुप प्रदान गर्न सकिने बनाएको छ ।कम्पनीले साथी अथवा आफन्तलाई केहि दिनका लागि यस्तो उपहार दिन सकिने नयाँ सेवा सुरु गरेको हो ।
टेलिकमले यो सेवा लिन आफ्नो आधिकारिक ‘Nepal Telecom’ एप्स आवश्यक पर्ने जनाएको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सक्छन् । डाउनलोड गरेपछि ‘रजिष्टर’ मा क्लिक गर्नुपर्छ । एपमा मागिए बमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लगइन हुन्छ । त्यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी एप प्रयोग गर्न सकिन्छ ।

उक्त एपमार्फत आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ । यदि इन्टरनेट चलाउने डेटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोली गिफ्ट प्याकेज (Gift Packages) मा क्लिक गर्नुपर्छ ।

त्यसपछि डेटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० रुपैंयामा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र सय रुपैयाँको ५०० एमबी तथा दुई सय ४० को २८ दिन चलाउन सकिने १५ सय एमबी डाटा गिफ्ट गर्न सकिने छ ।

आफूले आफन्तलाई दिन चाहेको एमबीको डेटा निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी यही एपको गिफ्ट प्याकेज्स (Gift Packages) मा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । त्यस्तै सय रुपैयाँमा सात दिनसम्म एक सय ९० मिनेट कुरा गर्न सकिन्छ ।

दुई सय ४० रुपैयाँमा २८ दिनसम्म चार सय ९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ । साथै ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न सकिने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३