close

नाइट भिजन क्यामेरा भएकाे स्मार्टफोन मोटोरोला वान हाइपर सार्वजनिक, मूल्य ४७ हजार

टेकपाना टेकपाना

मंसिर १९, २०७६ १८:३९

नाइट भिजन क्यामेरा भएकाे स्मार्टफोन मोटोरोला वान हाइपर सार्वजनिक, मूल्य ४७ हजार

सार्वजनिक हुनु अघि नै चर्चामा आएको मोटोरोलाकाे स्मार्टफोन वान हाइपर सार्वजनिक भएको छ । सन् २०१९ सकिनै लाग्दा मोटोरोलाले स्मार्टफोन बजारलाई अर्को नयाँ प्रोडक्ट दिएको हाे ।

मिड रेन्जको स्मार्टफोनको रुपमा बिहीबार अमेरिकी बजारमा सार्वजनिक भएको मोटोरोला वान हाइपर कम्पनीको वान सिरिजमै आजसम्मकै उत्कृष्ट स्मार्टफोनको रुपमा लिइएको छ । जसमा कम्पनीकै सबैभन्दा फास्ट चार्जिङ सिस्टम प्रयोग गरिएको छ ।

त्यतिमात्रै नभएर कम्पनीकै सबैभन्दा उच्च रेजोलुसन भएको क्यामरा प्रयोग गरिएको छ । साथै फोनको फ्रन्ट र ब्याक दुबै क्यामरामा नाइट भिजन प्रविधि समावेश छ । पप–अप सेल्फी क्यामराको साथमा आएको वान हाइपरमा नोच–लेस डिस्प्ले रहेको छ । जुन कम्पनिले आफ्नो उत्पादनमै पहिलो पटक प्रयोगमा ल्याएको हो । जुन आईपीएस एलसीडी प्यानल सहितको फुल एचडी प्लस डिस्पले हो ।

६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोन डबल क्यामरा सिस्टममा आएको छ । जसमा ८ मेगा पिक्सेलको अर्को वाइड क्यामरा रहेको छ । जसले ११७ डिग्री वाईड एंगलमा फोटो खिच्ने छ । त्यस्तै सेल्फीको लागि ३२ मेगापिक्सेलको पप–अप क्यामरा दिइएको छ ।

क्वालकम स्न्यापड्रयागन ६७५ चिप सेटमा आधारित फोनमा ४ जीबी र्‍याम रहेको छ । भने, १२८ जीबी इन्टरनेट स्टोरेज(रोम) रेहको छ । चार हजार एमएएच ब्याट्री क्षमताको साथमा आएको फोनमा ४५ वाटको फास्ट चार्जिङ सिस्टम रहेको छ । जसले १० मिनेटको मोवइल चार्जमा १२ घण्ट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोनको पछिल्लो भागमा फिंगर प्रिन्ट सेन्सर दिइएको छ । साथै उक्त स्थानमा मोवाईलमा आएको विभिन्न नोटिफिकेशनको बारेमा जानकारी दिन नोटिफिकेशन लाइट पनि उपलब्ध गराइएको छ । जसले स्मर्टफोनलाई अझ बढी आकर्षण बनाएको छ । जसकाे बजार मुल्य अमेरीकी डलर ४ सय अर्थात नेपाली बजार मुल्य ४७ हजार ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३