close

म्यासेन्जरमा जस्तै ट्वीटरको डीएममा पनि रियाक्ट् गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर २०, २०७६ १३:३६

म्यासेन्जरमा जस्तै ट्वीटरको डीएममा पनि रियाक्ट् गर्न मिल्ने

अब ट्वीटरको डाइरेक्ट म्यासेज (डीएम) पनि रिएक्ट गर्न सकिने भएको छ । त्यसका लागि ट्वीटरले हाल सिस्टम परिक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।

यो सँगै डीएममा आएका म्यासेजमा आफूले महशुस गरेको भाव रिएक्टकाे रुपमा प्रकट गर्न सकिने छ । यस अघि यो सुविधा फेसबुक म्यासेन्जर र इन्टाग्रामको म्यासेजमा उपलब्ध थियो ।

डेभलपर जेन म्यानचुन वाङले ट्वीटरले ल्याउन लागेको यो सुविधाको विषय खुलासा गरेकी हुन् । उनी कोडसँग खेलेर कसले आगामी दिनमा के कस्ता नयाँ सुविधा ल्याउँदै छ भनी पत्ता लगाउने मामिलामा विश्वमै चर्चित छिन् ।

उनले आफ्नो ट्वीटरमार्फत यसको खुलासा गरेकी हुन् । उनले सार्वजनिक गरेको फोटोलाई हेर्दा डीएममा आएको म्यासेलाई क्लिक गरेर प्रयोगकर्ताले आफूले गरेको फिल अनुसारको रियाक्ट गर्न सक्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३