close

वन प्लस एट लाइटको डिजाइन लिक, कस्ताे होला ?

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १२:३७

वन प्लस एट लाइटको डिजाइन लिक, कस्ताे होला ?

मोबाइल निर्माता कम्पनी वन प्लसले सन् २०१५ मा ‘वनप्लस एक्स’को नाममा मिड रेञ्जको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । त्यसैलाई पछ्याउँदै कम्पनीले मिडरेञ्जमा दोश्रो स्मार्टफोन ल्याउने तयारी गरेको हो । 

नाइन्टीवन मोबाइल र टिप्सको सिरियल वनलिक्सका अनुसार बजेट केन्द्रीत स्मार्टफोन वन प्लस एट लाइटकाे रुपमा आउन लागेकाे छ । फोनको तल्लो भागमा यूएसबी-सी राखिएको छ । बायाँ साइडमा भोल्युम बटन देखिएको छ भने दायाँ भागमा पावर तथा लक बटनसँगै अलर्ट स्लाइडर रहेकाे छ । 

यद्ययी फोनको मूल्य, त्यसमा रहने स्पेस, प्रोसेसर लगायतका फिचरहरु अझै स्पष्ट रुपमा बाहिर आइसकेकाे छैन । त्यसका लागि थप केही खुलासा वा त्यसको औपचारिक रुपमा सार्वजनिक नहुँदा सम्म कुर्नैपर्ने हुन्छ । यद्यपी मिडरेञ्जको वनप्लस सेभेन टीको मूल्य ५९९ डलर अर्थात ६८ हजार रुपैयाँभन्दा कम हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३