close

अब अनुमति नलिई ७ मिटरभन्दा अग्ला टेलिकम टावर बनाउन नपाइने

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १३:४९

अब अनुमति नलिई ७ मिटरभन्दा अग्ला टेलिकम टावर बनाउन नपाइने

दुरसञ्चार सेवा प्रदायकले सात मिटरभन्दा अग्ला टावर निर्माण गर्न नपाउने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरण बोर्डले ‘दुरसञ्चार टावर निर्माण तथा सञ्चालन सम्बन्धि विनियमावली’ स्विकृत गर्ने निर्णय गरेसँगै यस्ताे नियम लागु हुने भएकाे हाे । शुक्रबार बसेको बोर्ड बैठकले यसअघि व्यवस्थापनले तयार पारेको विनियमावलीलाई परिमार्जित गरि स्विकृत गर्ने निर्णय गरेको हो ।

‘दुरसञ्चार टावर निमार्ण तथा सञ्चालन सम्बन्धि विनियमावली’ पास गर्ने निर्णय बोर्डले गरेको छ’, प्राधिकरण स्राेतल भन्याे, ‘तर विनियमावली पास भने भएको छैन् । बोर्डले व्यवस्थापनले तयार पारेको विनियमावलीमा आवश्यक परिमार्जन गरी त्यसलाई पास गर्ने निर्णय गरेको हो ।’

व्यवस्थापनले तयार पारेर बोर्डमा बुझाएको विनियमावलीमा बोर्डले आवश्यक रुपमा काटछाटको काम पनि गरिसकेको स्रोतले जनाएको छ । उक्त काटछाटको आधारमा त्यसलाई तयार पारी विनियमावली पास गर्ने निर्णय भएको हो ।

विनियमावली पास भएसँगै कुनै पनि दुरसञ्चार सेवा प्रदायकले टावर निमार्ण गर्दा प्राधिकरणले तोकेको मापदण्ड भन्दा बाहिर गएर टावरको निमार्ण गर्न पाउने छैनन् । सात मिटरभन्दा अग्ला टावर निर्माण गर्नुपरे अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्नेछ ।

उक्त विनियमावलीले टावर निमार्ण गर्दाको लासेन्सीङ प्रोटेक्सन, अर्थिङ, सेयरीङ, टावर राख्दा स्विकृत गर्नुपर्ने विषय, संरचनको सुरक्षाको विषय, अन्तराष्ट्रिय नागरिक उड्यन संगठन(आईकाओ) का नियमहरु, लोकल अथोरिटीको आवश्यक्ताहरु सबैलाई समेटेको उल्लेख गरिएको छ ।

नाेटः यस अघिको समाचारमा अन्यथा पर्न गएकोमा सच्याइएको छ । सं.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३