close

फाइभजी स्मार्टफोनको बजारमा सामसङको ७४ प्रतिशत हिस्सा

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १५:२८

फाइभजी स्मार्टफोनको बजारमा सामसङको ७४ प्रतिशत हिस्सा

फाइभजी स्मार्टफोनको विश्व बजारमा सामसङले अन्य ब्राण्डलाई पछि पारेको छ । भर्खरैमात्र काउन्टर प्वाइन्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सामसङले फाइभजी स्मार्टफोन बिक्रीको ७४ प्रतिशत बजार लिएको छ ।

विश्व बजारमा फाइभजी प्रविधिको विकास र विस्तारसँगै स्मार्टफोन निर्माता कम्पनीहरु फाइभजी स्मार्टफोन निर्माणमा लागेका छन् । फाइभजी स्मार्टाफोन निमार्ण गर्न सफल कम्पनी मध्य सामसङले विश्व बजारको ठूलो हिस्सा ओगट्न सफल भएको हो ।

प्रतिवेदन अनुसार एलजी दोस्रो स्थानमा रहेको छ । एलजीले कुल बजारको ११ प्रतिशत हिस्सा लिएको उल्लेख छ । त्यस्तै चाइनिज स्मार्टफोन कम्पनी भीभो तेस्रो नम्बरमा देखिएको छ । भीभोको बजार हिस्सा ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वमा पछिल्लो वर्षहरुमा प्रिमियम स्मार्टफोनको मार्केट विस्तारै घट्दै आएको छ । सात प्रतिशले प्रिमियम स्मार्टफोनको मार्केट घटेकाे छ। यस्तोमा फाइभजी स्मार्टफोनको बढ्दो बजारले यसलाई उकास्न मद्धत पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३