close

यस्तो छ, जाडोमा तताउने वर्ल्डलिङ्कको अफर

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १७:२६

यस्तो छ, जाडोमा तताउने वर्ल्डलिङ्कको अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडो याममा तात्तातो हिटर नेट अफर सार्वजनिक गरेको छ । जसमा ग्राहकले एक वर्षको इन्टरनेट प्याकेजमा ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निःशूल्क प्राप्त गर्ने छन् ।

यसपालीको हिँउदलाई मध्यनजर गरेर कम्पनीले आफ्ना ग्राहकका लागि ल्याएको तात्तातो अफर अन्तरगत १७ हजार पाँच सय रुपैयाँमा ४० एमबीपीएसकाे वार्षिक इन्टरनेट प्याकेज खरीद गर्ने ग्राहकलाई लक्षित गरेर यो अफर ल्याएको हो ।

यस अफरमा समावेश गरिएको ब्लोअर हिटरकै बजार मूल्य १० हजार चार सय ९० रहेको छ । त्यसबाहेक दुई ओटा टेलिभिजन सेटमा चलाउन मिल्ने नेटटीभीको सुविधा पनि निःशूल्क प्राप्त गर्न सकिनेछ । यो अफर वर्ल्डलिंकका नँया तथा पूराना सबै ग्राहकहरुका लागि लागु हुनेछ । पुराना ग्राहकले थप एक वर्षको इन्टरनेट प्याकेज थप गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

यसका साथै वर्ल्डलिंकका अन्य इन्टरनेट प्याकेज लिने ग्राहकले पनि न्युनतम मूल्यमा सीजी ब्राण्डको ब्लोअर हिटर पाउने कम्पनीले जनाएको छ । यो अफर देशभरका आफ्ना सम्पुर्ण शाखाहरुबाट सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । यस अघि वर्ल्डलिंकले दशैंको अवसरमा ल्याएको निःशूल्क टीभी अफर समेत ग्राहकको निकै रोजाइमा परेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३