close

१ दिन अगावै ई-सेवाबाट फुटबल फाइनल खेलका सबै टिकट बिक्री

टेकपाना टेकपाना

मंसिर २३, २०७६ १५:४४

१ दिन अगावै ई-सेवाबाट फुटबल फाइनल खेलका सबै टिकट बिक्री

दक्षिण एशियाली खेलकुद–साग अन्तर्गत मंगलबार हुने फुटबल खेलको टिकट एक दिन अघि नै सकिएको छ । मंगलबार पुरुष फुटबलतर्फको फाइनल खेल दशरथ रंगशालामा हुँदैछ ।

जहाँ नेपाल र भुटान आमने–सामेन हुनेछन् । उक्त खेलको टिकट सोमबार १ बजे नै सकिएको इ–सेवाका प्रमुख अप्रेटिङ अफिसर रोशन लामिछानेले जानकारी दिए । यो पटक साग खेलको टिकट ई–सेवाबाट काट्न मिल्ने बनाइएको थियो ।

ई–सेवा भुक्तानी सेवाप्रदायक कम्पनी हो । जसबाट कुल ९ हजार दुई सय टिकट बुकिङ भएको कम्पनीले जनाएकाे छ । त्यसमा दुई हजार रुपैयाँकाे भीआईपी टिकट १२ सय र हजार रुपैयाँ पर्ने साधारण टिकट ८ हजार बुक भएको लामिछानेले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३