close

चीनले तीन बर्षपछि विदेशी सफ्टवेयर र हार्डवेयर प्रयोग नगर्ने

टेकपाना टेकपाना

मंसिर २४, २०७६ १२:४१

चीनले तीन बर्षपछि विदेशी सफ्टवेयर र हार्डवेयर प्रयोग नगर्ने

चीन सरकाले आफ्ना सरकारी कार्यलयमा विदेशी सफ्टवेयर र हार्डवेयर प्रयोगमा प्रतिवन्ध लगाएको छ । चीन सरकारले आगामी तीन वर्षभित्र चीनको सरकारी कार्यलयमा रहेका विदेशी सफ्टवेयर तथा हार्डवेयरलाई आफ्नै सफ्टवेयरले प्रतिस्थापन गर्न कार्यलयहरुलाई निर्देशन दिएको हो ।

वेइजिङ सरकाले आफ्ना सम्पूर्ण सरकारी कार्यलय तथा सार्वजनिक संस्थाहरुमा केही महिना अघिनै तीन वर्ष भित्र आफ्नो कार्यलयमा प्रयोग भएको कम्प्युटर, अपरेटीङ सिस्टम लगाएतका विदेशी हार्डवयर र सफ्टवेयर हटाउन निर्देशन दिएको थियाे। लुकाएर राखिएको उक्त निर्देशन भर्खरैमात्र बाहिर आएको हो । निर्देशनमा, प्रयोगमा रहेको विदेशी हार्डवयर र सफ्टवेयर एकै पटक हटाउँदा समस्या पर्ने भएकाले यसलाई ३–५–२ मोडलमा हटाइने उल्लेख गरिएको छ ।

त्यसको अर्थ, सन् २०२० बाट यो निर्देशन लागु हुने छ । पहिलो वर्ष कार्यलयमा रेहका ३० प्रतिशत विदेशी सफ्टवेयर र हार्डवेयर हटाइने छ । भने, सन् २०२१ मा ५० प्रतिशत र सन् २०२२ मा २० प्रतिशत गरि ३–५–२ को मोडल अपनाइने जनाइएको छ ।

यो निर्देशन निजि कम्पनीहरुमा भने लागु हुने छैन् । सफ्टवेयर र हाडवेयर प्रतिस्थापनका लागि ठुलो लागत पर्ने भएकाले निजि क्षेत्रमा यो लागु नगरिएको उल्लेख गरिएको छ । चीन सरकारले लिएको यो निर्णयसँगै एचपी, डेल, माइक्रोसफ्ट लगाएतका ठुलो सफ्टवेयर र हार्डवेयर सप्लायर्स कम्प्नीलाई भने असर पर्ने भएको छ ।

केही महिना अघि चीन सरकारले आफ्नो शैनिकलाई विन्डोज अपरेटीङ सिस्टमको विकल्पको रुपमा आफ्नै अपरेटिङ सिस्टम बनाउन निर्देशन दिएको थियो । सोही समयमा सरकारी कार्यलयबाट विदेशी सफ्टवेयर र हाडवेयर हटाउने निर्णय भएको हुने सक्ने आकलन गरिएको छ ।

यसरी आफ्ना सरकारी कार्यलयबाट विदेशी सफ्टवेयर र हाडवेयर हटाउने निर्णय पछाडी चीन र अमेरिका बिच रहेको व्यापार युद्धलाई लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३