close

नेपालमा सामाजिक सञ्जालको प्रभाव कति ? सर्वेक्षण गर्दै सरकार

टेकपाना टेकपाना

मंसिर २४, २०७६ १५:१०

नेपालमा सामाजिक सञ्जालको प्रभाव कति ? सर्वेक्षण गर्दै सरकार

सरकारले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रभावको सर्वेक्षण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुकाे प्रयोगकर्ताको आधार तथा त्यसले समाजमा पारेको प्रभावको अनुसन्धान प्रकिया अगाडि बढाएको हो ।

सोमबार मन्त्रालयले ‘सामाजीक सञ्जाल प्रभाव मापन सर्वेक्षण’ को लागि बोलपत्र आव्हान गरेको छ । नेपालमा प्रयोग हुने प्रमुख सामाजिक सञ्जाल र उमेर अनुसार त्यी सामाजीक सञ्जाल प्रयोगको ढाँचा पत्ता लगाउने उद्देश्यका साथ अनुसन्धान प्रकृया सुरु गर्ने तयारी थालिएको मन्त्रालयले जनाएको छ ।

बोलपत्रका लागि तयार पारिएको कागजातमा उल्लेख भएअनुसार कुन उमेरका प्रयोगकर्तामा सामाजिक सञ्जालले कस्तो खालको प्रभाव पारेको छ भन्ने तथ्य पत्ता लाग्नेछ । यसका साथै संस्था तथा व्यक्तिले प्रयोग गर्ने समाजिक सञ्जाल, भुगोल अनुसार सामाजिक सञ्जालको प्रभाव र सामजिक सञ्जालबाट हुने अपराधका घटनाको अध्ययन गरिनेछ ।

मन्त्रालयले सामाजिक सञ्जालबाट फैलिने सकारात्मक तथा नकारात्मक समाचारको प्रभावलाई समेत केलाउने छ । सामाजिक सञ्चालमार्फत विभिन्न नकारात्मक समाचार फैलिने गरेको विश्व व्यापी तथ्याङ्क आइरहेको बेला मन्त्रालयले नेपालमा पनि यसको अध्ययन गर्ने भएको हो ।

सम्झौता भएको तीन महिनाभित्र अध्ययन सक्नुपर्ने मन्त्रालयले जनाएको छ । २० लाख रुपैयाँमा अध्ययन सम्पन्न हुने मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३