close

आईटीमा एशियाको फड्को, २०३० सम्म विश्व एआई अर्थतन्त्रको ७० प्रतिशत ओगट्ने आँकलन

टेकपाना टेकपाना

मंसिर २४, २०७६ १८:५७

आईटीमा एशियाको फड्को, २०३० सम्म विश्व एआई अर्थतन्त्रको ७० प्रतिशत ओगट्ने आँकलन


एशिया प्रसान्त क्षेत्र विश्वमै प्रविधिजन्य रुपान्तरणको अग्रभागमा देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनले सूचना प्रविधिको क्षेत्रमा एशिया प्रसान्तले जस्तो व्यापक रुपमा अन्य कुनै क्षेत्रले प्रगति गरेका छैनन् ।

सन् २०३० सम्म उत्तर अमेरिकासँगै पूर्वी एशियाले आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) सँग गाँसिएको विश्वव्यापी अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगट्ने आँकलन समेत प्रतिवेदनले गरेको छ । सन् १९८७ देखि २००७ बीचमा व्यान्डविथ राख्ने सम्भावनाको सूचीमा थोरै मात्र परिवर्तन भएको थियो । तर समयक्रमसँगै पूर्वी र उत्तरी एशियामा व्याण्डविथ विस्तारमा काफी मात्रामा परिवर्तन आएको छ । व्याण्डविथ जडानको हिसाबले चीन विश्वमै अग्र भागमा छ ।

एशिया प्रसान्त क्षेत्रमा ब्रोडव्याण्ड इन्टरनेटको पहुँच विश्वमै तीब्र देखिएको छ । औसत आयू, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचका साथै ब्रोडब्याण्ड इन्टरनेटमा समेत यस क्षेत्रले उल्लेख्य उपलब्धी हासिल गरेको हो । दक्षिण एशिया सबैभन्दा द्रुत विकास भइरहेको क्षेत्र हो (सन् १९९०–२०१८ सम्म ४६ प्रतिशत बृद्धि), र त्यसपछि ४३ प्रतिशत बृद्धिसहित पूर्वी एशिया र प्रसान्त क्षेत्र छन् ।

प्रतिवेदनले प्रविधि, शिक्षा र जलवायू संकटले नयाँ पुस्तामा असमानता समेत सिर्जना गरेको तथ्य सार्वजनिक गरेको छ । ‘यो असमानताको नयाँ अनुहार हो,’ यूएनडीपी प्रशासक, अचिम स्टेनर भन्छन्, ‘र यो मानव विकास प्रतिवेदनले भने जस्तै, असमानता समाधान गर्न नसकिने किसिमको होइन ।’

असमानताको ‘आगामी पुस्ता’ ले विकास परिदृश्यसँगै उपलब्धीलाई नयाँ उचाई दिने प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उदाहरणको लागि, उच्च मानव विकास भएको देशमा कम मानव विकास भएको देशभन्दा फिक्स्ड ब्रोडव्याण्ड लिने जनसंख्या १५ गुणाले बढेको छ भने तेस्रो तहको उच्च शिक्षा लिने वयस्क जनसंख्या ६ गुणाले बढेको छ ।’

‘यो क्षेत्रमा भएको व्यापक रुपान्तरणले हामीलाई विशेष विन्दुमा ल्याइपुर्‍याएको छ,’ एशिया र प्रसान्त क्षेत्रीय व्यूरो निर्देशक तथा सह महासचिव कान्नी वाग्नाराजा भन्छन्, ‘धेरैले गरिबीबाट उन्मुक्ति पाएका छन् भने अन्य धेरै सम्मानयोग्य जीवन बाँचिरहेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३