close

एप्पलको नयाँ म्याक प्रोको मूल्य ६० लाख !

टेकपाना टेकपाना

मंसिर २५, २०७६ ८:५७

एप्पलको नयाँ म्याक प्रोको मूल्य ६० लाख !

मंगलबारदेखि एप्पलको नयाँ म्याक प्रो बजारमा आएको छ । यसको मूल्य ५ हजार ९९९ अमेरिकी डलरबाट सुरु हुने भए पनि एकदमै शक्तिशाली म्याकको मूल्य भने ५२ हजार ५९९ डलर अर्थात  करीब ६० लाख नेपाली रुपैयाँ राखिएको छ । जुन कुनै एउटा म्याकका लागि हालसम्मकै महंगो मूल्य हो । 

न्युनतम मूल्य अर्थात करीब ६ लाख ८४ हजारमा उपलब्ध म्याक प्रोमा ३२ जीबी र्‍याम, अक्टाकोर इन्टेल एक्सइओन सीपीयू, रेडोन प्रो ५८०X ग्राफिक्स र २५६ जीबी एसएसडी राखिएको म्याक प्रो पाउन सकिनेछ ।

थप प्रोसेसर, १.५ टीबीको २९३३ मेगाहर्ज र्‍याम, ३२ जीबीका दुई ओटा जीपीयू, एसएसडी, आफ्टरबर्नर एक्लिरेटर कार्ड, ह्वील, म्याजिक कीबाेर्ड तथा माउस, म्याजिक ट्र्याक प्याड सहितका लागि भने किर्तिमानी मूल्य राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३