close

करीब १ हजार पदमा सरकारी जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

मंसिर २५, २०७६ १२:४४

करीब १ हजार पदमा सरकारी जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

लाेकसेवा आयोगले निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहमा करीब एक हजार पदका लागि विज्ञापन प्रकाशित गरेको छ (गोरखापत्रमा प्रकाशित विज्ञापन यहाँबाट हेर्नुहोस्) । न्याय, प्रशासन, लेखापरीक्षण, राजस्व लगायतका सेवा समूहमा प्रतिस्पर्धाका लागि घरमा बसेर अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

अनलाइन आवेदन दिनकका लागि आयोगको वेबसाइटमा जानुपर्नेछ । (वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।) अथवा सोझै फर्म भर्न यहाँ क्लिक गर्नुहोस् ।

वेबसाइटमा दिइएको फर्ममा आवश्यक विवरण भरी त्यसमा आफ्नो शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्रको अगाडिको भाग स्क्यान गरी जेपीजी पर्म्याटमा अपलोड गरेर अनलाइन आवेदन दिन सक्नुहुनेछ । दरखास्तमा उल्लेख गरिएका विवरणमा उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ । 

अनलाइनबाट यसरी बुझाउनुहोस् दरखास्त दस्तुर

आयोगकाे अनलाइन प्रणालीबाट फर्म सबमिट गरेपछि पेमेन्ट ट्याबको ‘भ्यू अप्लाइड एडभर्टिजमेन्ट’मा क्लिक गरी आफूले अप्लाइ गरेको लिस्टमा रहेको ‘तिर्नुहोस्’ लिङ्कमा क्लिक गर्नुहोस् ।

त्यसपछि देखिने शर्त मञ्जुर गर्ने चेक बक्समा टिक लगाएर अनलाइन पेमेन्ट बटनमा थिच्नुहोस् । त्यहाँ भौचरसँगै रहेको कनेक्ट आईपीएस प्रणालीमा लगइन गरी आफ्नो बैंक खाता छानी सोझै ददस्तुर बुझाउन सकिनेछ ।

कनेक्ट आईपीएसको सेवा प्रयोग गर्नुपूर्व त्यसको वेबसाइटमा गई साइन अपका साथै उक्त प्रणालीसँग जोडिएका बैंकहरुमध्ये आफ्नो खाता रहेको बैंक खातालाई आवद्ध गरी सम्बन्धित बैंकबाट भेरिफाई भने गराउन जरुरी छ । 

बैंकबाट दस्तुर बुझाउन यसो गर्नुहोस्


बैंकबाट दस्तुर बुझाउन समेत अनलाइन प्रणालीबाटै अगाडि बढ्नुपर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि आयोगको अनलाइन दरखास्त प्रणालीबाट फर्म सबमिट गरेपछि चेकबक्समा टिक लगाउने सम्मको प्रकृयाका लागि माथिको अनलाइनमार्फत दरखास्त दस्तुर बुझाउने तरिका अपनाउनुहोस् । त्यसपछि राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक मध्ये कुनै एक बैंकमा क्लिक गर्नुहोस् ।

त्यसमा देखिने भौचरको तलपट्टी रहेको शर्त मञ्जुर गर्ने चेकबक्समा टिक लगाउनहोस् । अब प्रिन्ट बटन एक्टिभ हुनेछ । त्यसमा क्लिक गरी भौचर प्रिन्ट गर्न सकिन्छ । उक्त भौचर नजिकैको बैंक शाखामा पेश गरी रकम बुझाउन सकिने आयोगले जनाएको छ । यस किसिमको भौचर बीना बैंकहरुले लोकसेवा आयोगको दरखास्त दस्तुर बुझ्नै छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३