close

वर्षकै उत्कृष्ट १२ एप, तपाईंले छुटाउनु त भएन ?

टेकपाना टेकपाना

मंसिर २५, २०७६ १७:५३

वर्षकै उत्कृष्ट १२ एप, तपाईंले छुटाउनु त भएन ?

एन्डोइडको सबैभन्दा ठूलो सबलता भनेकै यसमा रहेकाे एपकाे इकाेसिस्टम हो । जहाँ कयाैँ एन्ड्रोइड एपहरु उपलब्ध छन् । विश्वभरका प्रयोगकर्ताले अर्बाैँ पटक तिनलाई डाउनलोड गरिरहेका हुन्छन् ।

जसमध्ये केहीलाई प्रयोग गर्न पैसा तिर्नुपर्छ भने धेरैजसो निःशूल्क रुपमा उपलब्ध हुन्छन् । आखिर जेसुकै भए पनि एप स्टोरमा केही यस्ता अजीव विकल्पहरु छन्, जसका लागि तपाईंले सुको  पैसा तिर्नुपर्दैन ।

विज्ञापन वा कुनै किसिमको स्पोन्सरसिप अथवा अन्य कुनै वैकल्पिक वित्तीय व्यवस्थापनमा  यस्ता एपले निःशूल्क रुपमा आफ्नो सेवा दिइरहेका हुन्छन् । हो, एन्ड्रोइडमा रहेका यस्तै केही उत्कृष्ट एपहरुकाे विषयमा यहाँ जानकारी दिन गइरहेका छाैँ । 

१वेदर

पुर्णरुपमा मौसम सम्बन्धि यो एप गज्जबको छ । जसमा तपाईंले मौसमको वर्तमान अवस्था, भविष्यवाणी, पुर्वानुमान, राडार, मौसम विज्ञान सम्बन्धि रोचक अनि रमाइला तथ्य, ग्राफ सहित सूर्य र चन्द्रमा ट्र्याक गर्न सकिने फिचर पाउनुहुनेछ । प्रयोगका लागि निःशूल्क रुपमा उपलब्ध यो एप विज्ञापन रहितरुपमा चाहनुहुन्छ भने १.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । 

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

बिटवार्डेन पासवर्ड म्यानेजर

बिटवार्डेन पासवर्ड म्यानेजर निःशूल्क रुपम उपलब्ध पासवर्ड म्यानेजरमध्येकै उत्कृष्ट एप हो । यसले करीब करीब अरु पासवर्ड म्यानेजरले जस्तै काम गर्छ ।

जसमा तपाईंले यूजरनेम र पासवर्ड सहितको भउल्ट पाउनुहुनेछ । जति धेरै आवश्यक छ, त्यति नै संचित गर्न सकिने सुविधा मात्रै हाेइन, संचित पासवर्ड प्राप्त गर्न समेत कुनै झञ्जट व्यहाेर्नु पर्दैन । त्यसका साथै २५६-एईएस इन्क्रिप्सन तथा ‌ओपन सोर्समा आधारित यो एपमा कीपासड्राेइड अप्सन समेत दिइएकाे छ । 

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

ब्लु मेल

ब्लु मेल इमेलका लागि बनाइएकाे एप हो । सामान्य डिजाइनमा तयार पारिएका यसका फिचरले तपाईंलाई इमेलहरु व्यवस्थित रुपमा राख्न सहज बनाउनेछ । त्यसका अतिरिक्त कयाैँ इमेल सेवा प्रदायक, संगठनका लागि कलर काेडिङ, एपकाे थिम, एन्ड्रोइड वेयर सपोर्ट र विडगेटकाे साथ समेत यसमा पाउन सकिन्छ । 

आवश्यकता अनुसार निश्चित समयका लागि नोटिफिकेशन ब्लक गर्न सकिने जस्तो स्मार्ट फिचर समेत समावेश गरिएकाे यो एप जत्तिको कस्टमाइज गर्न सकिने त्यति धेरै एपहरु छैनन् । यसमा रहेका धेरै चिजहरु लाभदायी छन् भने केही थोरै विषय मात्र नकारात्मक छन् ।

निःशूल्क रुपमा उपलब्ध हुनु यसको एउटा सकारात्मक पक्ष हो । यद्यपी यसको गोपनियता सम्बन्धि नीतिलाई लिएर केही प्रश्नहरु भने अनुत्तरित नै छन् । यदी तपाईंलाई यस्ता विषयप्रति सरोकार छ भने जाँचबुझ गरेर मात्र प्रयोग गर्ने वा नगर्ने निर्णय लिन सक्नुहुन्छ । 

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

फिड्ली

एक पटक फिड्ली एप प्रयोग गरेर हेर्नुहोस्, अवश्य पनि तपाईंलाई एउटा गज्जबको समाचार एपको अनुभुति दिनेछ । यसको आरएसएस रिडर फिचरमार्फत तपाईंले विभिन्न वेबसाइट सब्स्क्राइब गरी ती सबैबाट एकैसाथ समाचार प्राप्त गर्न सक्नुहुनेछ ।

पोडकास्ट, युटुब च्यानल लगायतका माध्यमलाई पनि यसले सपोर्ट गर्छ ।  यसको सबैभन्दा महत्वपुर्ण फिचर भनेकै तपाईंका रुचीका सबै विषयवस्तु एकै ठाउँमा ल्याइदिन्छ र त्यससम्बन्धि पछिल्ला समाचारहरु सजिलै पढ्न सक्नुहुनेछ । 

एक पटक यसमा सेटअप गरिसकेपछि प्रयोग गर्न एकदमै सहज यो एप पुर्णतयाः निःशूल्क रुपमा उपलब्ध छ । यो एपमा केही महत्वपुर्ण रिडिजाइनको काम समेत भइरहेकाे बताइएकाे छ ।

यसको पुरानाे भर्सन प्रयोग गर्न चाहनेका लागि गुगल प्ले स्टोरमा फिड्ली क्लासिक राेज्न सक्नुहुनेछ । यसमा प्रति महिना ९.९९ डलरको सब्सक्रिप्सनको विकल्प दिइएको भए पनि त्यो पुर्णतः वैकल्पिक विषय मात्रै हो । 

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

गुगल ड्राइभ

गुगल ड्राइभ स्विट एउटा यस्तो एप्लिकेशन हो जुन सोझै गुगल ड्राइभसँग आवद्ध गरिएको छ । गुगल ड्राइभ स्वयम्‌मै गुगल डक्स, गुगल स्लाइड्स, गुगल सीट्स, गुगल फोटोज् र गुगल कीप समावेश छन् ।

आधारभूत रुपमा यी एपहरु डकुमेन्ट, स्प्रेडसिट्स, स्लाइडसो अफिस प्रयोगको लागि लक्षित भए पनि नोटको रुपमा, फोटो ब्याकअप राख्न तथा तपाईंले चाहेको जुनसुकै फाइल यसमा स्टोर गर्न समेत काम लाग्छ ।

यसकाे सबैभन्दा राम्रो पक्ष के हो भने १५ जीबीसम्मको क्लाउड स्टोरेजका लागि यो निःशूल्क रुपमा उपलब्ध छ । यी सबै एप एन्ड्रोइडकै गज्जबका निःशूल्क एप हुन् भन्ने कुरा धेरैलाई थाहै छैन । यो सबैजसो एन्ड्रोइड मोबाइलमा इनब्युल्ट रुपमा नै समावेश हुन्छ । यद्यपी लिङ्क चाहिएमा यहाँ क्लिक गर्नुहोस् ।

गुगल ओपिनियन रिवार्ड

गुगल ओपिनियन रिवार्ड गुगल प्ले स्टोरमा निःशूल्क रुपमा उपलब्ध एप हो । यो एप प्रयोग गर्न सामान्य रुपमा यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् र एक पटक खोल्नुहोस् ।

त्यसपछि यो एपले निश्चित समयमा केही प्रश्नहरु सोधेर तपाईंलाई सूचीत गर्नेछ । प्रत्येक पटक एउटा सर्भेको जवाफ दिएपछि तपाईंले त्यसवापत यो एप प्रयोग गर्न क्रेडिट पाउनुहुनेछ ।

उक्त क्रेडिट तपाईंले गुगल प्ले स्टोरबाट एप तथा गेमहरु खरीद गर्ने कार्यमा प्रयोग गर्न सक्नुहुनेछ । वास्तविक पैसा खर्च नगरेरै आफ्नो कलेक्सन विस्तार गर्ने यो एउटा गज्जबको उपाय पनि हो ।  

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

गुगल म्याप र वेज

गुगल म्याप र वेज दुबै नेभिगेशन एप हुन् । गुगल म्यापले तपाईंलाई सडकका मोडैपिच्छेको मार्गदर्शन गर्नुका साथै विभिन्न व्यवसायको जानकारी लिन (उनीहरुको रिभ्यु सहित) सघाउँछ ।

नेभिगेशन एपकै रुपमा रहेको वेजले भने ट्राफिक सहित तपाईं हिँड्ने बाटोको जानकारी दिन्छ । वास्तवमा गुगल म्याप वेजको तुलनामा निकै नै सशक्त छ ।

तर पनि वेज चाहिँ प्रयोग गर्न रमाइलो छ । यदी केही सामान्य किसिमको विकल्प खोजिरहनु भएको छ भने यो तपाईंका लागि उपयुक्त हुनसक्छ । 

गुगल म्यापको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

इमेजर र गिप्फी

इमेजर र गिप्फी दुबै फोटोका डाटाबेश हुन् । रमाइला जीआईएफ, तस्वीर, ससाना तथ्यहरु तथा रमाइलोका अन्य विषयहरु खोज्नका लागि यी गज्जबका माध्यम हुन् ।

कतिपय रमाइला तस्वीरहरु, जो तपाईंले फेसबुक, ट्वीटर लगायतका माध्यममा देखिरहनु भएको हुन्छ, यीनै माध्यमबाट आइरहेका हुन्छन् । रेडिटमा तस्वीर अपलोड गर्ने धेरैले इमेजरलाई फोटो अपलोड सेवाको रुपमा समेत प्रयोग गरिरहेका हुन्छन् ।

गिप्फी र इमेजर दुबै एप डाउनलोड गर्न र प्रयोग गर्न कुनै शूल्क तिर्नुपर्दैन । विभिन्न ठाउँमा सेयर गर्नेगरी तपाईले इमेजरमा तस्वीर राख्न समेत सक्नुहुनेछ ।

इमेजर एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रोटोनभीपीएन

प्रोटोनभीपीएन एउटा त्यस्तो निःशूल्क भीपीएन एप हो जसले ब्याण्डविथलाई कुनै किसिमको अवरोध गर्दैन । स्वीजरल्याण्डमा बनेको यो एपमा इन्क्रिप्सन फिचरको प्रयोग गरिनुका साथै लगिन गर्नु नपर्ने नीति कडाइपुर्वक अपनाइएकाे छ ।

यसको निःशूल्क भर्सनका लागि तीन ओटा देशमा सर्भर राखिएको छ । तपाईंले निःशूल्क भर्सनमा भने पुरा स्पिड पाउनु हुने छैन । तर अनलिमिटेड ब्याण्डविथ भने उपलब्ध हुनेछ ।

यदी पुरा स्पिड चाहनुहुन्छ भने त्यसका लागि शःशूल्क भर्सनमा जानुपर्ने हुन्छ । समय समयमा यसको रजिस्ट्रेशन बन्द हुने भएकाले एकै दिनमा यो एप चलाउन नपाएको खण्डमा अर्को साता पुनः प्रयास गर्न सक्नुहुनेछ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

रेसिलियो सिन्क

क्लाउड स्टोरेजमा विश्वस्त हुन नसक्नेहरुका लागि त्यसको विकल्पको रुपमा रेसिलियो सिन्क एउटा गतिलो समाधान हुन सक्छ । यसले तपाईंकै व्यक्तिगत कम्प्युटरमा क्लाउड स्टोरेज सर्भर तयार पार्छ ।

यो एपले तपाईलाई फाइल, फोटो, भिडियो, अडियो लगायतका फाइललाई कम्युटरबाट सिन्क गर्ने सुविधा दिन्छ । जसले तपाईंलाई  आफ्नो डाटाका लागि कुनै तेश्रो पक्षसँग भर नपरेरै क्लाउड स्टोरेजको अनुभव गर्न सक्नुहुनेछ ।

डेक्सटप र मोबाइलमा सेटअपका लागि छुट्टाछुट्टै एप छन् । केही अतिरिक्त फिचरका साथ प्रो फिचर समेत रहेकाे भए पनि निःशूल्क भर्सन नै तपाईंको आवश्यकता संवोधन गर्न काफी हुनसक्छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

टिकटिक

टु डु लिस्टका लागि एन्ड्रोइडमा उपलब्ध  एपहरु मध्ये टिकटिक एक उत्कृष्ट एप हो । वास्तवमा यसले धेरैहदसम्म वन्डरलिस्टले जस्तै काम गर्छ । 

लिस्ट बनाउन, अन्य व्यक्तिहरुसँग कामको वितरण गर्न, आफ्नै कामलाई विभिन्न रुपमा व्यवस्थापन गर्न, रिमाइन्डर प्राप्त गर्न, दाेहाेर्‍याइ रहनुपर्ने काम लगायतका लागि यो महत्वपुर्ण छ ।

यो सफा मात्रै छैन, प्रयोग गर्न सहज हुनुका साथै सानो समूह तथा परिवारका लागि एकदमै उपयोगि समेत छ । प्राविधिक रुपमा यो निःशूल्क एप भने होइन ।

यद्यपी अन्य निःशूल्क रुपमा उपलब्ध टु डु लिस्ट सम्बन्धि एपहरुको तुलनामा यसको निःशूल्क भर्सन उत्तम छ । आखिर जे भए पनि एकदमै जटिल किसिमको आवश्यकता बाहेक यसमा तपाईंले चिन्ता लिन जरुरी छैन । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

ज्याज

वालपेपर, रिङटोन, नोटिफिकेशन टोन र अलार्मका लागि ज्याज उपयोगी एप हो । यो एपमा यी चिजहरु फेन्टासी, मेनस्ट्रिम, फन्नी, प्रिटी लगायतका जेनेरा निकै नै धेरै मात्रामा उपलब्ध छन् ।

यसमा ज्याजका प्रयोगकर्ता स्वयमले नै धेरैजसो विषयवस्तु राखिरहेका हुन्छन् । यो एपमा प्रिमियम विकल्प समेत छ । यद्यपी वाली र टेपेट वालपेपरका लागि उत्तम विकल्प त हुँदै हुन् ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३